यातायात कार्यालयका सबै सेवा देशभर अनिश्चितकालका लागि बन्द

0
Shares

देशभर यातायात कार्यालयका सबै सेवा अनिश्चितकालका लागि बन्द भएको छ । यातायात व्यवस्था विभागले सर्भरहरुमा विद्युतीय समस्या देखिएको भन्दै बुधबार अपरान्ह ५ बजेदेखि सबै सेवा बन्द गर्ने निर्णय गरेको हो ।

विभागका प्रवक्ता लोकनाथ भुसालले जारी गरेको सूचनामा भनिएको छ, ‘समस्या समाधान नभएसम्मका लागि सबै सेवा अवरुद्ध हुने जानकारीका लागि अनुरोध छ । ’

विभागले यसअघि नै लाइसेन्सका लागि नयाँ आवेदन लिन बन्द गरिसकेको थियो । आजदेखि सवारी दर्ता, नामसारी, नवीकरण र कर भुक्तानी सहितका सबै सेवा अनिश्चतकालका लागि बन्द भएको हो ।

सेवा लिन सधैँ सास्ती खेप्नुपर्ने यातायात व्यवस्था विभागको सेवा बुधबारदेखि अनिश्चितकालका लागि बन्द भएसँगै सेवाग्राहीहरु फेरि मारमा परेका हुन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ९ चैत्र २०७८, बुधबार  १४ : ४३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।