अटोमोटिभ सेल्सले इटालीमा तेस्रो ठूलो ब्याट्री प्लान्ट निर्माण गर्दै

0
Shares

अटोमेकर कम्पनी स्टेल्यान्टीस, मर्सिडिज–बेन्ज र टोटलइर्नजीज जेभीको संयुक्त लगानीमा रहेको अटोमोटिभ सेल्स कम्पनी (एसीसी) ले इटालीमा ब्याट्री प्लान्ट निर्माण गर्ने भएको छ ।

इटालीका अधिकारीहरुसँग भएको सम्झौता अनुसार एसीसीले इटालीको टरमोलीमा अवस्थित स्टेल्यान्टीसको ब्याट्रि प्लान्ट थप परिष्कृत ढङ्गले सञ्चालन गर्ने भएको हो । कति लगानीमा ब्याट्री प्लान्ट स्थापना गर्ने भन्ने विषयमा भने कुनै जानकारी आइसकेको छैन ।

फ्रान्स, जर्मनी पछि इटालीमा स्थापना हुन लागेको ब्याट्री प्लान्ट एसीसीद्धारा निर्मित तेस्रो ठूलो ब्याट्री प्लान्ट हो । फ्रान्स र जर्मनीमा स्थापना गरिएका ब्याट्री प्लान्टमा करिब २ अर्ब युरो भन्दा बढी लगानी गरिएको थियो । स्टेल्यान्टीसका प्रमुख कार्यकारी निर्देशक कार्लोस टाभारेसले इटालीमा निर्माणाधीन ब्याट्री प्लान्टमा पनि फ्रान्स र जर्मनीमा गरेजतिकै लगानी गर्ने बताएका छन् ।

एसीसी अन्तर्गतका तीन वटै अटोमेकर कम्पनीहरुले सन् २०३० सम्ममा आफ्नो औद्योगिक क्षमता १२० गिगावाट हावर पु¥याउने र उच्च उपयोगी ब्याट्रीहरु तथा मोडयुल्सको विकास तथा उत्पादन वृद्धि गर्ने लक्ष्य लिएका छन् ।

यसैगरी एसीसीले फ्रान्स र जर्मनमा निर्माण गरिएका प्लान्टहरुको क्षमता पनि २४ गिगावाट हावरबाट बढाएर ४० गिगावाट हावर पु¥याउने भएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।