नारायणी डेभलपमेन्ट बैंकको हकप्रद नेप्सेमा सूचीकृत

0
Shares

नारायणी डेभलपमेन्ट बैंक (NABBC) को हकप्रद सेयर बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।

बैंकले जारी गरको चुक्ता पूँजीको शतप्रतिशतले हुन आउने १३ लाख १२ हजार ३३८ कित्ता हकप्रद सेयर बुधबार नेप्सेमा सूचीकृत भएको हो ।

बैंकले गत पुस ७ गतेदेखि माघ १२ गतेसम्म हकप्रद सेयर जारी गरेको थियो । उक्त हकप्रद आज सूचीकृत भएको हो ।

बुधबार नेप्सेमा सूचीकृत उक्त हकप्रद सेयरधनीको डिम्याट खातामा आएपछि धितोपत्रको दोस्रो बजारमा खरीद बिक्री गर्न सक्नेछन् ।

हकप्रद निष्काशनका लागि बैंकले मंसिर २४ गते शेयर दाखिला खारेजी (बुकक्लोज) गरेको थियो । यसअनुसार मंसिर २३ गतेसम्म नेप्सेमा कारोबार भइ कायम यस बैंकका सेयरधनीहरुले मात्र उक्त हकप्रदमा आवेदन दिएका थिए ।

क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले बैंकलाई ‘इक्रा एनपी आईआर सिंगल सी प्लस रेटिङ्ग‘ प्रदान गरेको छ । यसले वित्तीय दायित्व पूरा गर्न ज्यादै उच्च जोखिममा रहेको संकेत गर्दछ ।

हाल बैंकको चुक्ता पूँजी १३ करोड १२ लाख ३३ हजार ८०० रुपैयाँ रहेको छ । हकप्रद निष्काशनपछि २६ करोड २४ लाख ६७ हजार ६०० रुपैयाँ पुग्नेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ९ चैत्र २०७८, बुधबार  १९ : २४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।