साताको अन्तिम कारोबार दिन बिहीबार प्रि ओपनिङ्ग सेसनमा नेप्से ०.५७ अंकले बढेको छ ।
साढे दश देखि पौने एघार बजेसम्मको पन्ध्र मिनेट अवधिमा कारोबारमा आएका १० कम्पनी मध्ये ८ कम्पनीको भाउ बढपनि बजार पूँजीकरणको हिशसाबले साना कम्पनीहरुको भाउ बढ्दा नेप्से सूचक भने सामान्य बढेको हो ।
यस अवधिमा १० कम्पनी ८१७ कित्ता सेयर ६ लाख ५७ हजार ६८३ रुपैयाँमा खरीद बिक्री भएका छन् ।
नेप्सेका अनुसार प्रि ओपनिङ्ग सेसनमा आज १० कम्पनीको सेयर कारोबार भएको छ । जसमध्ये ८ कम्पनीको शेयरमूल्य बढेको छ भने १ कम्पनीको सेयरमूल्य घटेको छ । १ कम्पनीको मूल्य स्थीर रहेको छ ।
नेप्से ०.५७ अंकले बढेसँगै सूचक २ हजार ६३० दशमलव ९३ बिन्दुमा पुगेको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।






प्रतिक्रिया