सिटिजन लाइफले प्रिमियममा आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित गर्दै

0
Shares

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रिमियम मूल्यमा प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) निष्काशन गर्ने प्रस्ताव गर्ने भएको छ ।

आज हुने चौथो वार्षिक साधारण सभाले उक्त प्रस्ताव पारित गर्नेछ । साधारण सभा दिउँसो ३ बजे अलोफ्ट होटल ठमेल काठमाडौंमा हुँदैछ ।

सभाले सर्वसाधारणमा हाल जारी पूँजी २ अर्ब ५० करोड रुपैयाँको ३० प्रतिशत अर्थात ७५ करोड रुपैयाँको आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित गर्नेछ । हाल कम्पनीको चुक्ता पूँजी एक अर्ब ७५ करोड रुपैयाँ रहेको छ ।

कम्पनीले अंकित मूल्यमा प्रिमियम थप गरेर आईपीओ निष्काशनको तयारी गरेको हो । सभाले आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनहरु पारित गर्ने, लेखा परीक्षकको नियुक्ती गर्ने लगायतको प्रस्ताव पारित गर्नेछ ।

कम्पनीले आर्थिक वर्ष २०७६।७७ मा संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत कोरोना रोकथाम तथा नियन्त्रण कोषमा दिएको ७ लाख ५० हजार रुपैयाँ आर्थिक सहायत अनुमोदन गर्नेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।