सुनको मूल्य बढेर तोलाको एक लाख १ हजार नजिक पुगेको छ । बिहीबारको तुलनामा शुक्रबार सुन तोलामा ६०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार शुक्रबारका लागि छापावाला सुनको मूल्य तोलाको १ लाख ९०० रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख ४०० रुपैयाँ निर्धारण गरिएको छ ।
बिहीबार छापावाला सुन प्रतितोला १ लाख ३०० रुपैयाँ र तेजावी सुन ९९ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै आज सुनसंगै चाँदीको मूल्य पनि बढेको छ । बिहीबारको तुलनामा शुक्रबार चाँदी तोलामा २५ रुपैयाँले बढेको हो ।
शुक्रबार चाँदीको मूल्य तोलाको १ हजार ४०० रुपैयाँ कायम गरिएको छ । बिहीबार चाँदी प्रतितोला १ हजार ३७५ रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै बुधबारको तुलनामा बिहीबार सुन तोलामा १ हजार १०० रुपैयाँ र चाँदी ५ रुपैयाँले बढेर कारोबार भएको थियो ।
महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुन चाँदीको मूल्यको उतारचढावका आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ ।
आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १ हजार ९६० डलर र चाँदी प्रतिऔंस २५ दशमलव ६४ डलरको हाराहारीमा कारोबार भइरहेको छ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।






प्रतिक्रिया