टक्सार पिखुवाखोला हाइड्रोले साढे ४७ करोडको आइपिओ जारी गर्ने

0
Shares

टक्सार पिखुवाखोला हाइड्रोपावर लिमिटेडले सर्वसाधारणलाई साढे ४७ करोड बरानबरको प्रारम्भिक सार्वजनिक निष्काशन गर्ने भएको छ।

जसका लागि कम्पनीले प्रभु क्यापिटल लिमिटेडलाई शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

सो नियुक्ति सम्बन्धी सम्झौता चैत्र १३ गते आइतबार सम्पन्न भयो । सम्झौतामा टक्सार पिखुवाखोला हाइड्रोपावर लिमिटेडको तर्फबाट कम्पनीका प्रबन्ध निर्देशक नरेन्द्र बल्लभ पन्त तथा प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीेले हस्ताक्षर गरे ।

कम्पनीले आफ्नो कायम जारी पूँजीको ४४ प्रतिशत बराबरले हुन आउने ४७ करोड ५२ लाख रकम बराबरको ४७ लाख ५२ हजार कित्ता साधारण शेयर आयोजना प्रभावित, सर्वसाधारण, कर्मचारी तथा सामुहिक लगानी कोषका लागि निष्काशन गर्न लागेको हो ।

कम्पनीले भोजपुर जिल्लाको भोजपुर नगरपालिकामा अवस्थित पिखुवा खोलामा टक्सार पिखुवाखोला जलविद्युत आयोजना निर्माण गरीरहेको छ । ८ मेगावाट क्षमताको आयोजना निर्माण गरेको कम्पनीले आयोजनाको निर्माण कार्य सम्पन्न गरी मिति २०७८ साल बैशाख १ गतेदेखि नै विद्युतको व्यापारिक उत्पादन गरि नेपाल विद्युत प्राधिकरणलाई विद्युत बिक्री गरिरहेकोे छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १३ चैत्र २०७८, आइतबार  १८ : ४३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।