टेस्लाको साङ्घाइ स्थित कार निर्माण फ्याक्ट्री चार दिनको लागि बन्द

0
Shares

चीनमा कोभिड–१९ संक्रमण फैलिँदै गएपछि टेस्लाले साङ्घाइ स्थित फ्याक्ट्रीमा कार निर्माण कार्य चार दिनको लागि बन्द गरेको छ ।

बढ्दै गएको कोभिड–१९ संक्रमणलाई मध्यनजर गरी चीनले कोभिड–१९ परिक्षणको लागि साङ्घाइ लगायतका सहरमा नौ दिन लकडाउन गर्ने निर्णय गरेको छ ।

यसैकारण टेस्लाले थोरैमा चार दिनको लागि निर्माण कार्य बन्द गरको हो ।

टेस्लामा कार्यरत एक कर्मचारीले कम्पनीले सोमबार सम्मको लागि निर्माण कार्य बन्द गरेको र उक्त समय भन्दा अरु दिन निर्माण कार्य बन्द गर्ने जानकारी कर्मचारीहरुलाई नगराएको बताए ।

साङ्घाइको नगरपालिकाले कोभिड–१९का कारण साङ्घाइ स्थित सम्पूर्ण कम्पनी तथा फ्याक्ट्रिहरु बन्द गर्न र आफ्नो घरमा बसेर नै काम गर्न आदेश दिएको छ । यस अघि पनि टेस्लाले कोभिड–१९ संक्रमणका कारण दुई दिनको लागि निर्माण कार्य बन्द गरेको थियो।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।