एप्पलले आइफोन र एयरपोड उत्पादनमा कटौती गर्ने

0
Shares

भूराजनीतिक द्धन्द र बढ्दो महंगीको कारण देखाउँदै एप्पलले आफ्नो आइफोन र एयरपोड उत्पादनमा कटौती गर्ने भएको छ ।

जापानी खबर सञ्जाल निकेइमा प्रकाशित समाचार अनुसार विद्युतीय सामग्रीको मूल्य बढ्दै गएका कारण मागमा कमी आउन सक्ने भन्दै एप्पलले आफ्ना सामग्रीहरुको उत्पादन गर्न कटौती गरेको बताइएको छ ।

एप्पलले आफ्नो आइफोन एसईको उत्पादनमा २० प्रतिशतले कटौती गर्ने भएको हो । पहिला योजना बनाइएको भन्दा २०/३० लाख आइफोन एसई उत्पादन गर्ने भएको छ । यसैगरी एप्पलले सन् २०२२ को लागि वायरलेस एयरपोडको उत्पादन सङ्ख्या १ करोड भन्दा धेरैले घटाउने भएको छ ।

यसअघि एप्पलले आफ्नो एसई मोडलमा फाइभ जी सुविधा लागु गरेको थियो । आइफोन एसई र वायसलेस एयरपोडको उत्पादनमा कटौती गरेसँगै कम्पनीले आइफोन १३ का सम्पूर्ण आइफोनहरुको उत्पादनमा पनि कटौती गर्न लगाएको सो समाचारमा उल्लेख छ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।