सुनको मूल्य प्रतितोला एक लाख तल झर्यो, चाँदीको पनि घट्यो

0
Shares

मंगलबार सुनको मूल्यमा भारी गिरावट आएको छ । सोमबारको तुलनामा मंगलबार सुनको मूल्य एकैदिन प्रतितोला १ हजार ३०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारका लागि छापावााला सुनको मूल्य तोलाको ९९ हजार २०० रुपैयाँ र तेजावी सुनको मूल्य ९८ हजार ७०० रुपैयाँ निर्धारण गरिएको छ ।

सोमबार छापावाला सुन प्रतितोला १ लाख ५०० रुपैयाँ र तेजावी सुन १ लाख रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज सुनसंगै चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी मूल्य तोलामा १० रुपैयाँले घटेर १ हजार ३७० रुपैयाँ कायम भएको छ । सोमबार चाँदी तोलाको १ हजार ३८० रुपैयाँमा कारोबार भएको थियो ।

सोमबार सुन तोलामा ४०० रुपैयाँ र चाँदी २० रुपैयाँले घटेर कारोबार भएको थियो।

महासंघले अन्तराष्ट्रिय बजारमा हुने सुन चाँदीको मूल्यको उतारचढावका आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ । आज अन्तराष्ट्रिय बजारमा सुन प्रतिअ‍ैंस १ हजार ९२२ डलर र चाँदी प्रतिअ‍ैंस २४ दशमलव ८५ डलरको हाराहारीमा कारोबार भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १५ चैत्र २०७८, मंगलबार  ११ : ०७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।