सेयर बजारमा लगातार पाँचौं दिनसम्म गिरावट, १२४ अंक तल झर्यो नेप्से

0
Shares

ओरालो यात्रामा रहेको धितोपत्र बजार पछिल्लो ५ कारोबार दिनमा लगातार झरेको छ । गत बुधबारदेखि निरन्तर दोहोरो अंकले घटेको बजार यो साताको मंगलबारसम्म आइपुग्दा १२४ अंकले ओरालो लागेको हो ।

नेप्से परिसूचक मंगलबार पनि दोहोरो अङ्कले घटेको छ । मंगलबार १४.२६ अंकले घटेर दुई हजार ५२७.५८ विन्दुमा झरेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार परिसूचकका साथै कारोबार रकम समेत घटेको छ ।

आज २२५ कम्पनीको ३८ लाख ९० हजार १३१ कित्ता शेयर एक अर्ब ७५ करोड ६ लाख २८ हजार रुपैयाँ बराबरमा किनबेच भयो ।

सोमबार नेप्सेमा दुई अर्ब ५४ करोड ५३ लाख २१ हजार ८१४ रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको थियो ।

नेप्सेकानुसार अघिल्लो कारोबार दिनका तुलनामा आजको बजार ०.५६ प्रतिशतले घटेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.१५ अङ्कले ओरालो लागेको छ ।

नेप्सेका अनुसार कारोबार भएका १३ वटा उपसमूह मध्ये होटल तथा पर्यटन बाहेक सबै उपसमुहको सूचक घटेको छ । यसदिन इमर्जिङ् नेपाल लिमिटेड, नेष्डो समृद्ध लघुवित्त, राष्ट्रउत्थान लघुवित्त संस्था, जाल्पा लघुवित्त, समता लघुवित्त लगायतको सेयरमूल्य बढेको छ ।

नेपाल लाइफ जिवन विकास लगायतको शेयर मूल्य धेरै घटेको छ । आजको बजारमा कारोबारका आधारमा शिवम सिमेन्ट शीर्ष स्थानमा छ । यो कम्पनीको ७ करोड ९१ बराबरको कारोबार भयो।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।