जापान बाहिरका देशहरुमा टोयोटाको बिक्री बढ्यो

0
Shares

कोभिड–१९ का कारण भएको चीप अभावका बावजुद पनि जापानी अटोमेकर कम्पनी टोयोटाले फेबु्रअरी महिनामा जापान बाहिरका देशहरुमा उल्लेखनीय रुपमा कार बिक्री गर्न सफल भएको छ ।

टोयोटाले फेब्रुअरी महिनामा मात्रै ५ लाख ३१ हजार १ सय ८३ सवारी साधनहरुको उत्पादन गरेको छ । यस्तै जनवरीको तुलनामा फेब्रुअरी महिनामा १६ प्रतिशतले कारहरुको बिक्री बढाएको छ ।

गत वर्षको तुलनामा फेब्रुअरी महिनाको बिक्रीदर ५.२ प्रतिशतले बढेको हो । टोयोटाले फेबु्रअरी महिनामा करिब ६ लाख २० हजार ३ सय ६० कारहरुको जापान बाहिर बिक्री गरेको छ ।

विश्वव्यापी रुपमा फेबु्रअरी महिनामा टोयोटाले ८ लाख ८४ हजार ५ सय २८ कारहरुको उत्पादन गरेको छ भने ७ लाख ७४ हजार ८ सय ६० बिक्री गरेको छ । विश्वव्यापी रुपमा उत्पादन ११ प्रतिशतले वृद्धि भएपनि बिक्री १.६ प्रतिशतले घटेको छ । विश्व बजारमा चीप अभाव कायमै रहँदा टोयोटाले आफूले टार्गेट गरेको भन्दा ४१ हजार बढी कार निर्माण गर्न सफल भएको छ ।

चीनमा कोभिड–१९ संक्रमण फैलिएसँगै देश लकडाउनमा जाँदा टोयोटाले सेमीकन्डकटरको अभाव व्यहोर्नु परेको थियो । कोरोना भाइरस संक्रमण कै कारण टायोटाको बिक्रीमा पनि कमी आएको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।