
नेपाली बजारमा सोमबारदेखि निरन्तर घटेको सुनको मूल्यमा बिहीबार सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारको तुलनामा बिहीबार सुन तोलामा १०० रुपैयाँले बढेको जनाएको छ ।
महासंघका अनुसार बिहीबारका लागि छापावाला सुनको मूल्य तोलाको ९८ हजार ९०० रुपैयाँ र तेजावी सुनको मूल्य ९८ हजार ४०० रुपैयाँ निर्धारण गरिएको छ ।
बुधबार छापावाला सुन प्रतितोला ९८ हजार ८०० रुपैयाँ र तेजावी सुन ९८ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै सुनको मूल्यमा सामान्य सुधार देखिए पनि आज चाँदीको मूल्य भने घटेको छ । महासंघका अनुसार बुधबारको तुलनामा बिहीबार चाँदी तोलामा १० रुपैयाँले घटेर १ हजार ३५० रुपैयाँ कायम भएको छ ।
बुधबार चाँदी प्रतितोला १ हजार ३६० रुपैयाँमा कारोबार भएको थियो । नेपाली बजारमा बुधबार सुन तोलामा ४०० रुपैयाँ र चाँदी १० रुपैयाँले घटेर कारोबार भएको थियो ।
महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुन चाँदीको मूल्यको उतारचढावका आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ ।
आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १ हजार ९२१ डलर र चाँदी प्रतिऔंस २४ दशमलव ६३ डलरको हाराहारीमा कारोबार भइरहेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।






प्रतिक्रिया