सन नेपाल लाइफ इन्स्योरेन्सले पूँजी वृद्धि गर्ने, चार सञ्चालक निर्वाचन गर्दै

0
Shares

सन नेपाल लाइफ इन्स्योरेन्सले चुक्ता पूँजी वृद्धि गर्ने प्रस्ताव राखेर चौथो वार्षिक साधारण सभा डाकेको छ ।

नयाँ जीवन बीमा कम्पनीको रुपमा कारोबार सुरु गरेको कम्पनीले आफ्नो जारी पूँजीको ३० प्रतिशत बराबरको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) समेत जारी गर्न बाँकी रहेको छ ।

पछिल्लो समय बीमा समितिले जीवन बीमा कम्पनीहरुको चूक्ता पूँजी ५ अर्ब पुर्याउने नीति लिएपछि सोही अनुसार कम्पनीले साधारण सभाबाट पूँजी वृद्धि गर्न लागेको हो । हाल कम्पनीको जारी पूँजीको ७० प्रतिशत बराबरको १ अर्ब ४० करोड रुपैयाँ चुक्ता रहेको छ ।

कम्पनीले पूँजी वृद्धि र सञ्चालकको निर्वाचन सहितका प्रस्तावहरु राखेर २०७९ वैशाख ९ गते शुक्रबार इन्स्योरेन्सको चौथो वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको चैत १० गते बसेको सञ्चालक समितिको बैठकले सभा हायात प्लेस, ताहाचल, काठमाण्डौंमा अपरान्ह्र ४ बजे गर्ने निर्णय गरेको हो ।

सभामा सञ्चालक समितिमा संस्थापक सेयरधनीबाट प्रतिनिधित्व गर्ने ४ जना सञ्चालकको निर्वाचन गर्ने, कम्पनीको पूँजी वृद्धि सम्बन्धमा नियमनकारी निकायबाट संशोधन सम्बन्धमा कुनै सुझाव वा निर्देशन आएमा उक्त कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने लगायतका प्रस्तावहरु रहेका छन् ।

यस्तै आव २०७६।७७ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, २०७७।७७ को लागि लेखापरीक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्तावहरु उपर छलफल गरी पारित गर्नेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १८ चैत्र २०७८, शुक्रबार  १० : ५६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।