
सुनको मूल्य शुक्रबार नेपाली बजारमा बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारको तुलनामा शुक्रबार सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढेको जनाएको हो ।
महासंघका अनुसार शुक्रबारका लागि छापावाला सुनको मूल्य तोलामा ९९ हजार ७०० रुपैयाँ र तेजावी सुनको मूल्य ९९ हजार २०० रुपैयाँ निर्धारण गरिएको छ ।
बिहीबार छापावाला सुन प्रतितोला ९८ हजार ९०० रुपैयाँ र तेजावी सुन ९८ हजार ४०० रुपैयाँमा कारोबार थियो ।
यस्तै आज सुनको मूल्यवृद्धिसँगै चाँदीको मूल्य पनि बढेको छ । शुक्रबारका लागि चाँदीको मूल्य तोलामा १० रुपैयाँ बढेर १ हजार ३६० रुपैयाँ कायम गरिएको छ । बिहीबार चाँदी प्रतितोला १ हजार ३५० रुपैयाँमा कारोबार भएको थियो ।
आइतबार स्थीर रहेर सोमबारदेखि निरन्तर ओरालो लागेको सुनको मूल्य बिहीबार तोलामा १०० रुपैयाँ बढेर कारोबार भएको थियो । शुक्रबार भाउ थप महङ्गिएकाे हाे ।
महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुन चाँदीको मूल्यको उतारचढावका आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ । आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १ हजार ९३८ डलर र चाँदी प्रतिऔंस २४.८२ डलरको हाराहारीमा कारोबार भइरहेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।






प्रतिक्रिया