हरेक शनिबार एक्सचेञ्ज मेलामा इभि स्कुटर खरिद गर्न सकिने

0
Shares

Lvneng  स्कुटरको आधिकारिक विक्रेता तथा वितरक इभि मोटर्स नेपालले हरेक शनिबार बिहान ११ बजेदेखि बेलुकी ४ बजेसम्म एक्सचेञ्ज मेला कार्यक्रम आयोजना गरिरहेको छ ।

यो कार्यक्रममा इच्छुक महानुभावहरुले आफ्नो पुरानो मोटरसाइकल ल्याई सो मोटरसाइकलको उचित मूल्याङ्कन गरेर न्यूनतम १५ हजारसम्म प्राप्त गर्न सक्नेछन् ।

त्यस बापत आफ्नो पुरानो मोटरसाइकल एक्सचेञ्ज गरी नयाँ Lvneng  इभि स्कुटर खरिद गर्न सकिनेछ । यसरी खरीद गरिएको स्कुटरमा ३५ हजारसम्मको छुट प्राप्त गर्ने प्रावधान पनि रहेको छ ।

Lvneng  इभि नेपालमा हाल उपलब्ध विद्युतीय स्कुटरहरुमध्येमा सर्वाधिक रुचाइएको तथा विशिष्ट रूपले निर्माण गरिएको स्कुटर हो । यसमा एलजी वा सामसुङको लिथिएम ब्याट्री लगाइएको छ भने जर्मनीको Bosch मोटर रहेको छ ।

इभि माेटर्स नेपाल सम्पूर्णमा विद्युतीय स्कुटरको प्रयोग गर्ने सुझाव प्रस्तुत गर्न चाहन्छ किनकि Lvneng स्कुटरले अन्य पेट्रोलबाट चल्ने स्कुटरको तुलनामा वार्षिक रूपमा ९३ हजार  बचत गर्न सक्छ ।

एक्सचेञ्ज मेला कार्यक्रमा सहभागि भई जित्नुहोस् फ्रि वासिङ एण्ड सर्भिसिङ र  रमाइलो गेम खेली रमाउन समेत सक्नेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।