व्यवसायीको दवाबपछि सरकारले बढायो सार्वजनिक यातायातको भाडा

0
Shares

सरकारले यातायात व्यवसायीहरुको माग सम्बोधन गर्दै सार्वजनिक सवारी साधनको भाडा बढाएको छ ।

इन्धनको मूल्य बढ्दै जाँदा यातायात व्यवसायीले दवाब दिएपछि सरकारले सार्वजनिक सवारी साधनमा भाडा बढाएको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मन्त्रीस्तरीय निर्णयमार्फत प्रदेशस्तरमा सञ्चालन हुने सार्वजनिक सवारीसाधनमा भाडा बढाउन स्वीकृत गरेको हो ।

केही समय अघिदेखि पेट्रोलियम पदार्थको मूल्य बढ्दा मारमा परेका यातायात व्यवसायीहरुको माग सम्बोधन गर्दै सरकारले सवारी भाडा १० देखि १५ प्रतिशतसम्म भाडा बढाउने भएको हो ।

यातायात व्यवसायी पेट्रोलियम पदार्थको मूल्य निरन्तर वृद्धि भएपछि भाडा बढाउन माग गर्दे आएका थिए । नयाँ भाडादर विभागले आउँदो आइतबार सार्वजनिक गर्ने राष्ट्रिय यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले बताए ।

नयाँ भाडादर आउँदो आइतबार अर्थात चैत्र २० गतेबाट बाट लागु हुने भएको छ । विभागका अनुसार नयाँ भाडादरमा यात्रुवाहक सार्वजनिकमा १० प्रतिशत र ढुवानी ट्रकमा १३ देखि १५ प्रतिशत भाडा बढनउने तयारी गरिएको छ ।

“पेट्रोलियम पदार्थको मूल्य वृद्धि नभएको भए भाडा समायोजन गर्नु नै पर्दैन थियो” महासचिव सिटौला भन्छन्,“व्यवसायीहरु गाडी धान्नै नसक्ने अवस्थामा थिए । भाडा समायोजनले सामान्य राहत मिलेको छ ।”

यस अघि गत असार २७ गते बसेको मन्त्रीपरिषदको निर्णय अनुसार असार २९ गते यातायात व्यवस्था विभागबाट नयाँ भाडा समायोजन गरिएको थियो । उक्त भाडादर लामो दुरीको हकमा २३ प्रतिशत तथा काठमाडौं उपत्यकामा किमिको आधारमा बढाएको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।