स्टार्टअप एण्ड आइडिया फेष्ट २०२२ मा एनआईबिएल एस क्यापिटल संस्थागत परामर्शदाता

0
Shares


लिभिङ विथ आइसीटीले चैत्र १८ गतेदेखि सातै प्रदेशमा इबिमाको मुख्य प्रायोजनमा स्टार्टअप एण्ड आइडिया फेष्ट २०२२ आयोजना आरम्भ गरेको छ ।

डिजिटल क्षेत्रमा क्रियाशिल स्थानीय नवप्रवद्र्धकहरुलाई प्रवद्र्धन गर्ने र आवश्यक लगानीसमेत जुटाउने समेत उद्देश्यले यो योजना आयोजना गरिएको हो ।

गण्डकी प्रदेशबाट आरम्भ भएको यो कार्यक्रममा एनआईबिएल एस क्यापिटलको पनि सहभागिता जनाएको छ ।

संस्थागत परामर्शदाताको रुपमा सेवा प्रदान गर्दै आएको क्यापिटलले यस कार्यक्रममा सहभागीहरुलाई आफ्नो संस्थागत परामर्श सेवाका साथै नविनतम योजना र सोचहरुलाई व्यवसायिक पूर्णता दिने उद्देश्य रहेको बताएको छ ।

क्यापिटले संस्थागत परामर्श सेवामार्फत् व्यवसायिक योजना बनाउन, व्यवसायको सम्भाव्यता अध्ययन गर्ने पूँजी संकलन गर्ने, ऋण संकलनमा वित्तिय संस्था र व्यवसायीबिच मध्यस्थता गन र अन्य व्यवसायिक जटिलताहरुमा उचित परामर्श प्रदान गर्दै आएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।