प्रि-ओपनिङ्गमा ६ कम्पनीको ७५ हजारको मात्र सेयर खरीद बिक्री

0
Shares

साताको पहिलो कारोबार दिन आइतबार प्रि ओपनिङ्ग सेसनमा ६ कम्पनीको ७५ हजार रुपैयाँको मात्र धितोपत्र कारोबारमा आएको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेष्डो समृद्ध लघुवित्त, सेञ्चुरी बैंक, इमर्जिङ्ग नेपाल लिमिटेड, मध्यभोटेकोशी जलविद्युत, शिखर इन्स्योरेन्स र युनाइटेड इन्स्योरेन्सको सेयर कारोबार भएको हो ।

जसमध्ये इमर्जिङ्ग नेपाल लिमिटेड, शिखर इन्स्योरेन्स र युनाइटेड इन्स्योरेन्सको सेयरमूल्य बढेको छ । मध्यभोटेकोशी जलविद्युत कम्पनीको सेयरमूल्य स्थीर रहँदा नेष्डो समृद्ध लघुवित्त, सेञ्चुरी बैंकको सेयरमूल्य भने घटेको हो ।

कारोबारमा ६ कम्पनीका ८२ कित्ता सेयर ७५ हजार ४० रुपैयाँमा खरीद बिक्री भएका छन् । यो रकम प्रि ओपन सेसनामा कारोबारमा आएको हालसम्मकै न्यून रकम हो ।

नेप्से ०.१७ अंकले बढेर २५४४.४८ बिन्दुमा पुगेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २० चैत्र २०७८, आइतबार  १० : ५४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।