शेयर बजारको ओरालो यात्रा कायमै, कारोबारमा रकममा भने सामान्य सुधार

0
Shares

लगातार तेस्रो दिन शेयर बजार घट्ने क्रममा साताको अन्तिम दिन बिहीबार नेप्से सूचक १.७३ अंकले घटेर ११२९.८० विन्दुमा झरेको छ ।

यस दिन १६८ वटा कम्पनीको ७ लाख ९९ हजार कित्ता शेयर २१ करोड २५ लाख रुपैयाँ बराबरको शेयर खरीद बिक्री भएको छ। बुधवार कारोबार रकम १६ करोड रुपैयाँमा समेटिएको थियो। अघिल्लो दिनको तुलनामा कारोबार रकम ४ करोड ५६ लाखले बढी हो ।

यसदिन बजारमा उपसूचक मिश्रित देखिएका छन्। १२ समूहको शेयर कारोबारमा भएकोमा आठ समूहका उपसूचक घटेका छन्। चार समूहको उपसूचक बढेको छ। यस दिन जीवन बीमा समुहको सूचक सबै भन्दा धेरै ६.२७ अंकले बढेकोे छ। यस्तै होटल्सको ०.९८, हाइड्रोपावरको ०.६३ र म्युचुअल फण्डको ०.०९ अंकले बढेको छ।

निर्जीवन बीमा समुहको सूचक सबै भन्दा धेरै १३.६३ अंकले घटेको छ। यस्तै उत्पादन तथा प्रशोधन ९.९४, व्यापार ४.८२, माइक्रोफाइनान्स, ४.७३, विकास बैंक ४.७ र वाणिज्य बैंकको सूचक १.७५ अंकले घटेको छ।

यसदिन सबैभन्दा बढी माछापुछ्रे बैंकको एक करोड ९४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भयो । सिर्नजी पावरको शेयरमूल्य सबैभन्दा धेरै ७.४६ प्रतिशतले बढेको बजारमा गोर्खाज फाइनान्स, हिमालयन उर्जा, नेरुडे लघुवित्त, हिमालयन पावर पार्टनर, समता माइक्रोफाइनान्स, पाँचथर पावरको लगायतको शेयर मूल्य बढेको छ।

जोशी हाईड्रोपावरको शेयरमूल्य सबैभन्दा धेरै ५.२६ प्रतिशतले घटेको बजारमा विशाल बजार कम्पनी, विजया लघुवित्त, आरएमडीसी लघुवित्त, कर्पोरेट डेभलपमेन्ट बैंक, आँखुखोला जलविद्युत, सेन्ट्रल फाइनान्स, सिन्धु विकास बैंक लगायतकको शेयर मूल्य घटेको छ ।