मोटरहेडको नयाँ वर्ष योजना ‘स्क्र्याच एन्ड क्याच द क्यास’ सार्वजनिक

0
Shares

मोटरहेट मोटरसाइकलले नयाँ बर्ष २०७९ साललाई लक्षित गर्दै नयाँ योजना सार्वजनिक गरेको छ । नेपालको लागि आधिकारिक बिक्रेता एसएलआर टेक्नो एन्ड ट्रेड प्रालिले नयाँ वर्षलाई मध्यनजर गर्दै ‘स्क्र्याच एन्ड क्याच द क्यास’ योजना सार्वजनिक गरेको हो ।

चैत १५ गतेबाट सुरू भएको ‘स्क्र्याच एन्ड क्याच द क्यास’ योजना २०७९ वैशाख ३१ गतेसम्म लागु हुनेछ । यो अवधिमा मोटरहेडका मोटरसाईकल खरिद गर्दा ग्राहकहरूले ७ हजार रुपैयाँदेखि १ लाख रुपैयाँसम्म नगद छुट पाउनुका साथै एउटा हेल्मेट पनि सितैमा पउने छन् । सो नगद छुट स्क्र्याच गरेर प्राप्त गर्न सकिने सोरुम इन्चार्ज संगीता महर्जनले जनाएकी छिन् ।

त्यसैगरी यसमा एक जना भाग्यशाली विजेताले २ लाख ७ हजार ९ सय रुपैयाँ जित्नेछन् । महर्जनका अनुसार यो अवसर मोटरहेडको १७ स्थानमा रहेको सोरुममा उपलब्ध हुनेछ । हाल मोटरहेडको सोरुम धोबिघाट, टेकु, चाबाहिल, बालाजु, सल्लाघारी, इटहरी, पोखरा, बिरेन्द्रनगर, स्याङ्जा, धादिङ, बिर्तामोडलगायत ठाउँमा रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।