
कलंकीस्थित भाटभटेनी सुपरमार्केटलाई दुई लाख जरिवाना गरिएको छ । उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार भाटभटेनीलाई उक्त रकम जरिवाना गरिएको हो ।
उपभोग्य वस्तुका म्याद सकिएका सामान बिक्री गरेको भेटिएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौं र वाणिज्य विभागको संयुक्त अनुगमन टोलीले आइतबार सो जरिवाना गरेको हो ।
अनुगमनका क्रममा म्याद सकिएको मिरिन्डा र म्याद स्पष्ट नदेखिने सामान राखिएको पाइएको विभागले जानकारी दिएको छ ।
यसैगरी कालिमाटीमा रहेको समर किराना पसल र चम्पारण स्टोरलाई पनि ५०–५० हजार रुपैयाँ जरिवाना गरिएको छ । मूल्य सूची नराखिएको, केही सामानहरुको म्याद सकिएको र उपभोक्ताको स्वास्थ्यमाथि खेलवाड गरिएको पाइएपछि ती स्टोरहरुलाई समेत कारवार्ही गरिएको हो ।
टोलीले कीर्तिपुरको चाल्नाखेलस्थीत एभरेष्ट ग्याँस उद्योगमा समेत अनुमन गरेको छ । अनुगमनका क्रममा उद्योगमा भारतबाट ग्यास आउने क्रममाा रहेकाले दुई तीन दिनभित्र फिलिङ गरी बजारमा पठाइने जानकारी उद्योगले अनुगमन टोलीलाई गराएको थियो ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।






प्रतिक्रिया