बलेफीको आईपीओमा आयो झण्डै २१ लाखले नपाउने तथ्याङ्क

0
Shares

बलेफी हाइड्रोपावर लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) मा आवेदन दिने अन्तिम दिन सोमबार साँझ ५ बजेसम्ममा करिब २१ लाख आवेदकले सेयर नपाउने प्रारम्भिक तथ्याङ्क प्राप्त भएको छ ।

सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार चैत २१ गते सोमबारसम्म २२ लाख ६४ हजार ३७८ वटा आवेदन परेको हो । धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका २०७४ बमोजिम गोलाप्रथाबाट १ लाख ६६ हजार ३४५ जना आवेदकले सेयर पाउनेछन् । प्रारम्भिक तथ्याङ्क अनुसार नै २० लाख ९८ हजार ३३ आवेदकको हात खाली हुने देखिएको छ । यो कुल आवेदकको ९२.६५ प्रतिशत हो । कुल आवेदकको ७.३४ प्रतिशतले मात्र सेयर पाउने देखिएको हो ।

बुधबारदेखि सर्वसाधरणमा निष्कासन गरेको आईपीओमा सोमबारसम्म साँझसम्म २ अर्ब ६१ करोड ७१ लाख ३९ हजार रुपैयाँ मूल्यको २ करोड ६१ लाख ७१ हजार ३९० कित्ताको माग परेको हो । यो सर्वसाधारणबाट माग भएको सेयरको १५.७३ गुणा बढी माग परेको हो ।

कम्पनीले कर्मचारी र सामुहिक लगानी कोषका लागि छुट्टाएर १६ लाख ६३ हजार ४५३ कित्ता सेयर खरीदका लागि सर्वसाधारणबाट माग गरेको थियो । हाइड्रोपावरले बुधबारदेखि सर्वसाधारणका लागि कुल प्रतिसेयर अंकित मूल्य १०० रुपैयाँ दरका १८ करोड २७ लाख ९७ हजार रुपैयाँ बराबरको १८ लाख २७ हजार ९७० कित्ता आईपीओ बिक्री खुला गरेको थियो ।

निष्काशित सेयरमध्ये ४ प्रतिशत अर्थात ७३ हजार ११९ कित्ता सेयर कम्पनीका कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ९१ हजार ३९८ कित्ता सेयर सामूहिक लगानी कोषहरु सुरक्षित गरिएको छ ।

आईपीओमा सर्वसाधारण लगानीकर्ताहरुले चैत २१ गते सोमबारसम्म आवेदन दिन सकिने व्यवस्था थियो ।

बलेफी हाइड्रोपावरको १८ करोडको आईपीओ खुल्यो

बलेफीको आईपीओमा आवेदनको ओइरोः करिब १९ लाखले भरे, भोलि निष्काशन बन्द हुँदै

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २१ चैत्र २०७८, सोमबार  १९ : ०३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।