सिद्धार्थ बैंक र हेफर इन्टरनेशनलबीच किसानहरूका सुलभ कर्जा उपलब्ध गराउने सम्झौता

0
Shares

सिद्धार्थ बैंक र हेफर इन्टरनेशनल नेपालबीच महिला उद्यमी तथा साना किसानहरुलाई सुलभ वित्तिय कर्जा उपलब्ध गराउने विषयमा सम्झौता भएको छ ।

सम्झौता पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुन्दर प्रसाद कडेल र हेफर नेपालका तर्फबाट राष्ट्रिय निर्देशक डा. शुभ नारायण महतोले हस्ताक्षर गरेका छन ।

सम्झौता अनुसार पशुपालन सम्बन्धी कृषि क्षेत्रहरु जस्तै बाख्रापालन, पशुपालन तथा तरकारी लगायतका मूल्य शृंखलाहरुमा संलग्न महिला उद्यमी तथा साना किसानहरुलाई सहज ढङ्गले अनुदानमा आधारित वित्तिय कर्जा उपलब्ध गराउन बैंक र हेफर इन्टरनेशनल नेपालबीच उक्त सम्झौता भएको छ । यस साझेदारीको मुख्य उद्देश्य, महिला उद्यमी तथा साना किसानहरूको व्यवसाय विस्तार गर्ने क्षमताको मूल्याङ्कन र विकाशमा केन्द्रित गर्ने रहेको छ ।

उक्त योजनामा हेफर नेपालका तर्फबाट सामाजिक उद्यमी महिला सहकारी र स्थानिय सरकार पनि आबद्घ रहेका छन् । महिला सहकारी वा स्थानिय सरकारले उद्यमीहरूको पहिचान र सिफारिसलाई बैंकसँग जोड्न सहज बनाउनेछन् ।

साथै, समाजमा उच्चस्तरिय बैंकिङ्ग सेवा उपलब्ध गराउने उद्देश्य लिई आफ्नो १९० शाखा कार्यालयहरु, ११४ शाखारहित बैंकिङ्ग सेवाबाट फराकिलोे पहुँच रहेको सिद्धार्थ बैंकले उक्त सम्झौता अनुरुप उद्यमीहरूलाई कर्जा उपलब्ध गराउन सहजता प्रदान गर्नेे विश्वास लिएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २२ चैत्र २०७८, मंगलबार  १८ : ०० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।