हिम इलेक्ट्रोनिक्स प्रा.लि र डोको रिसाइक्लर्स बीच सम्झौता

0
Shares


हिम इलेक्ट्रोनिक्स प्रा.लि ले डोको रिसाइक्लर्ससँग चैत्र १७ गते एक सम्झौतामा हस्ताक्षर गरेको छ ।

आफ्ना पुराना इलेक्ट्रोनिक्स उत्पादनहरूको ई–फोहोर व्यवस्थापनको लागि सहकार्य गर्न हिम इलेक्ट्रोनिक्सले डोको रिसायकलर्ससँग सम्झौता गरेको हो ।

सम्झौतामा गोल्छा ग्रुपका भाइस प्रेसिडेन्ट प्रभाकर एस थापा र डोको रिसाइक्लर्सका तर्फबाट नितेश श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

यी दुवै कम्पनीहरु स्मार्ट सस्टेनिबिलिटीमा विश्वास गर्छन् र यो सम्झौतासँगै यिनीहरुको काम वातावरणमैत्री व्यापारिक अभ्यासतर्फ एक कदम अगाडि बढेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।