
ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना (रिड) ले रोजगारीको अवसर खुला गरेको छ ।
आयोजनाले रिक्त रहेको पद परिपूर्तीका लागि कृषि, पशुपंक्षी, मत्स्य तर्फका नायव प्राविधिक सहायक (जेटिए) पदमा ३९ जनाका लागि रोजगारी खुलाएको हो ।
जसमा नायव प्राविधिक सहायक (कृषित तर्फ) २६ जना र नायव प्राविधिक सहायक (पशुपंक्षी/मत्स्य) तर्फ १३ जना गरि जम्मा ३९ जनाको दरखास्त माग गरिएको हो ।
इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले उक्त पदका लागि आगामी बैशाख १३ गतेसम्म आवेदन दिन सक्नेछन् । यस्तै दोब्बर दस्तुर तिरेर बैशाख २० गतेसम्म आवेदन बुझाउन सकिन्छ ।
दरखास्त दिने पुरुष १८ वर्षदेखि ३५ वर्षसम्मको हुने पर्नेछ भने महिलाको हकमा पाँच वर्ष थप गरिएको छ । अर्थात १८ देखि ४० वर्षसम्मका महिलाले आवेदन दिन सक्नेछन् ।
आवेदन फारम आयोजना दिर्नेशनको कार्यालय, गरिभवन, ललितपुर अथवा सम्बन्धित आर्थिक कोरिडोर कार्यालयहरु –पाख्रिबास धनकुटा, बर्दिबास महोत्तरी, बुटवल रुपन्देही, तुफानडाँडा डडेल्धुराबाट बुझाउन सकिन्छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया