नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रारम्भिक सर्वाजनिक निष्काशन (आईपीओ) का लगानीकर्ताले लगानीको १६ गुणा बढी नाफा आर्जन गरेका छन् ।
धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका बमोजिम गोलाप्रथाबाट लघुवित्तको एक हजार रुपैयाँ बराबरको १० कित्ता सेयर हात पारेका लगानीकर्ताको लगानी १६ गुणा बढी अर्थात १७ हजार रुपैयाँ पुगेको हो ।
साताको अन्तिम दिन बिहीबार पनि लघुवित्तको सेयरमूल्य १० प्रतिशत अर्थात १५४.५० रुपैयाँ बढेको हो । साताको अन्तिम कारोबार दिन बिहीबार सेयरबजार खुलेको एक घण्टा अगावै नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमा सकारात्मक सर्किट लागेको हो । यससँगै लघुवित्तको सेयरमूल्य प्रतिकित्ता १ हजार ७०० रुपैयाँ पुगेको छ ।
लघुवित्तको सेयर चैत १४ गतेदखि धितोपत्र दोस्रो बजारमा कारोबारमा सुरु भएको थियो । कारोबारमा आएदेखि नै लघुवित्तको सेयर खरीद माग उच्च हुँदा सेयरमूल्य निरन्तर उकालो लागिरहेको छ । आईपीओ पाएका लगानीकर्ताले ९ दिनको अन्तरालमा नै १६ हजार रुपैयाँ बढी नाफा कमाएका छन् ।
समाचार तयार पार्दासम्म बुधबार कम्पनीको सेयर खरीदका लागि नेप्सेको मार्केट डेप्थमा सर्किट मूल्यमा नै ६९३ वटा आदेश मार्फत ८८ हजार ९१७ कित्ता खरीद माग रहेको छ । कम्पनीको सेयरमा बिक्रीकर्ता शून्य छन् । बजार खुल्ना साथ मूल्य बढेर सर्किट लागेपछि क्रेता हाबी भएसँगै कम्पनीको सेयरमूल्यमा आज पनि सकारात्मक सर्किट लागेर बढेको हो ।
बिहीबार दिउँसो सवा १ बजेसम्म कम्पनीको सेयर जम्मा २७० कित्ता सेयर ४ लाख ४९ हजार रुपैयाँमा खरीद बिक्री भएको छ । बुधबार दिनभर २०४ कित्ता सेयर कारोबार भएको थियो । यसअघिका आठ कारोबार दिनमा लघुवित्तको जम्मा एक हजार ६५ कित्ता सेयर कारोबार भएको छ ।
| क्र.सं. | मिति | अन्तिम कारेबार मूल्य | परिवर्तन | परिमाण | कुल कारेबार रकम |
| १ | चैत २४ | १७००.०० | १०.०० | – | – |
| २ | चैत २३ | १५४५.५० | १०.०० | २०४ | ३०९३५६ |
| ३ | चैत २२ | १४०५.०० | १०.०० | १४५ | १९५९५९ |
| ४ | चैत २१ | १२७७.३० | १०.०० | १४६ | १८०८०३ |
| ५ | चैत २० | ११६१.२० | ९.९९ | १४८ | १६४९२९ |
| ६ | चैत १७ | १०५५.७० | ९.९९ | ९६ | ९७१९५ |
| ७ | चैत १६ | ९५९.८० | ९.९९ | ११२ | १०३८०९ |
| ८ | चैत १५ | ८७२.६० | १०.०० | १०४ | ८६५४० |
| चैत १४ | ७९३.३० | ६.१० | ११० | ८३९६३ |
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया