नयाँ वर्ष २०७९ सालको पहिलो कारोबार दिनमै करिब ३० अंकले घटेको नेप्से दोस्रो कारोबार दिनमा ४१ अंक बढीले ओरालो लागेको छ । दुई कारोबार दिनमा नेप्से सूचक ७१ अंक बढीले घटेर २३ सय ४३ विन्दुमा झरेको छ ।
प्रि ओपनिङ्गमा सकारात्मक रहेको नेप्से नियमिति सेसनमा निरन्तर ओरालो लागेको हो । सोमबार कारोबार अवधिभरमा नेप्से १।७५ प्रतिशत अर्थात ४१.७७ अंकले घटेर २३४३।८७ बिन्दुमा झरेको छ ।
यस्तै, ठूला कम्पनीको कारोबार मापक सूचक सेन्सेटिभ इन्डेक्स ६.८२ अंकले घटेर ४४४.१५ विन्दुमा झरेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज कूल २२९ वटा कम्पनीको ३८ लाख ७६ हजार ३०२ कित्ता सेयर १ अर्ब ५३ करोड ६ लाख ९२ हजार रूपैयाँमा खरिदबिक्री भएको छ ।
कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै उपसमूह घटेको नेप्सेले जनाएको छ । सोमबार फाइनान्स सबैभन्दा धेरै ३.४४ प्रतिशत घटेको छ । सोमबार नबिल बैंककोे सर्वाधिक ४ करोड ९६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । हिमालयन डिष्टिलरी र महालक्ष्मी विकास बैंकको पनि ४ करोड माथि कारोबार भयो ।
यसदिन पनि नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । आजसम्म कम्पनीको सेयरको भाउ लगातार १४ दिन बढेको छ । सोमबार १० प्रतिशत वृद्धिपछि प्रतिकित्ता सेयरको भाउ २ हजार ७३७ रुपैयाँ ७० पैसा पुगेको छ । दिव्यश्वरी हाइड्रो र जाल्पा लघुवित्तको सेयरमूल्य पनि ६ प्रतिशत धेरैले बढेको छ ।
सोमबारको बजारमा एनआरएन इन्फास्टक्चर, हिमालयन उर्जा, इर्मजिङ्ग नेपाल तथा ग्रिनलाइफ हाइड्रोको सेयरमूल्य धेरै घटेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया