धितोपत्र बजारमा साता अपेक्षाकृतरुपमा बजारले गति लिन सकेन । निरन्तर ओरालो लागेको कारोवार मापनक नेप्से परिसूचक एक दिन मात्रै थामियो । अन्य दिन भने नेप्सेले ओरालो यात्रा नै कायम ग¥यो । धेरैले यसलाई चाडबाडको असरका रुपमा समेत चित्रण गरेका छन् । चाडबाड शुरु हुन लागेका कारण नेप्से मात्रै नभई कारोवार रकममा समेत गिरावट आई बजार एक हजार १२९ को विन्दुमा झरेको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार कूल १७१ कम्पनीको ४० लाख ४१ हजार ९१९ कित्ता शेयर कारोवार भयो । कारोवार भने अर्बको हाराहारीमा मात्रै रह्यो । कूल एक अर्ब १९ लाख ७० हजार ८५७ बराबरको भएको स्टकले जानकारी दिएको छ ।
साताको पहिलो दिन नै शेयर कारोवार मापक नेप्से परिसूचक ओरालो लाग्यो । सो दिन नेप्से १६.०५ बिन्दु अर्थात् १.३९ प्रतिशतले घटेर एक हजार १३९.२५ बिन्दुमा पुग्यो । कूल १६६ कम्पनीको आठ लाख ४८ हजार ६६२ कित्ता शेयर २२ करोड ६९ लाख ५० हजार २३८ मूल्यमा खरीद बिक्री भए ।
साताको दोस्रो नेप्से परिसूचक झिनो अङ्कले बढ्यो । सो दिन नेप्से परिसूचक १.७३ अङ्कले बढेर एक हजार १४०.९८ मा पुग्यो । कूल १७० कम्पनीको सात लाख ४३ हजार ३१५ कित्ता शेयर १७ करोड ७२ लाख ७९ हजार ३९ मा खरीद बिक्री भए । साताको तेस्रो दिन नेप्से परिसूचक पुनः ओरालो लाग्यो । सो दिन नेप्से परिसूचक ६.४२ बिन्दुले घटेर एक हजार १३४.५६ बिन्दुमा झ¥यो । कूल १७१ कम्पनीको आठ लाख ७३ हजार ७९ कित्ता शेयर २१ करोड ८२ लाख ७८ हजार ४४९ मूल्यमा खरीद बिक्री भए ।
बुधबार पनि नेप्सेको ओरोलो यात्रा कायम रह्यो । सो दिन नेप्से परिसूचक ३.०३ अङ्कले घटेर एक हजार १३१.५३ मा पुग्यो । कूल १६६ कम्पनीको सात लाख ७७ हजार ७३५ कित्ता शेयर १६ करोड ६९ लाख २१ हजार ७७९ मा खरीद बिक्री भए । साताको अन्तिम दिन पनि नेप्सेको ओरालो यात्रा आज पनि कायम रह्यो । सो दिन नेप्से १.७३ बिन्दुले घटेर एक हजार १२९.८० बिन्दुमा पुग्यो । नेप्से आरोलो लाग्दा कारोवार रकमसमेत सस्तैमा समेटिएको छ । कूल १६८ कम्पनीको सात लाख ९९ हजार १२८ कित्ता शेयर २१ करोड २५ लाख ४१ हजार ३५२ मूल्यमा खरीद बिक्री भए ।
यस साता पनि बजार पूँजीकरणका आधारमा नेपाल दूरसञ्चार कम्पनी नै शीर्ष स्थानमा रह्यो । नवील बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक, एभरेष्ट बैंक, स्ट्याण्र्डड चार्टड बैंक, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, हिमालयन बैंक, कृषि विकास बैंक, एनएमबी बैंक र एनआइसी एशिया बैंक क्रमशः शीर्ष स्थानमा रहे ।
स्टकमा यस साता विभिन्न चार कम्पनीका शेयर सूचीकृत भए ।त्यसमा लुम्बिनी विकास बैंकको ३७ लाख ७१ हजार ९७२ कित्ता शेयर लाभांश, सिद्धार्थ म्युअल फण्डको १२ करोड एकाइ साधारण शेयर, सिद्धार्थ इन्स्योरेन्सको १३ लाख ४० हजार ८१६ कित्ता शेयर लाभांश र सगरमाथा इन्स्योरेन्स कम्पनीको ४६ लाख २९ हजार ३१० कित्ता शेयर लाभांश सूचीकृत भएका छन् ।
प्रतिक्रिया