महालक्ष्मी विकास बैंक लिमिटेडद्वारा रोड डिभाइडर हस्तान्तरण

0
Shares

महालक्ष्मी विकास बैंक लिमिटेडको महाराजगञ्ज शाखाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत महानगरिय ट्राफिक प्रहरी वृत्त महाराजगञ्ज लाई ञेड डिभाइडर हस्तान्तरण गरेको छ ।

संस्थागत सामाजिक उत्तरदायित्वको कार्यलाई निरन्तरता दिँदै बैंकको महाराजगञ्ज शाखाले महानगरिय ट्राफिक प्रहरी वृत्त महाराजगञ्ज लाई ३० थान रोड डिभाइडर हस्तान्तरण गरेको हो ।

बैंकका महाराजगञ्ज शाखाका प्रबन्धक पल्लभ श्रेष्ठले महानगरपालिकामा चुनौतीको रुपमा रहेको ट्राफिक व्यवस्थापनमा सहजता होस् भन्ने उद्देश्यले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रोड डिभाइडर हस्तान्तरण गरिएको जानकारी दिए ।

कार्यक्रममा बोल्दै वृत्तका नायव निरिक्षक पुरुषोत्तम ढकालले विगतदेखि नै महालक्ष्मी विकास बैंकले सामाजिक उत्तरदायित्वका कार्यहरु महानगर भित्र प्रभावकारी रुपमा सञ्चालन गर्दै आएको बताए ।

महानगर वरपर ट्राफिक व्यावस्थापनमा माहानगरपालिकालाई सहजता होस् र दुर्घटना न्यूनिकरणमा मद्दत पुग्ने हेतुले रोड डिभाइडर वितरण गरिएको कुरा बैंकले जनाएको छ । महालक्ष्मी विकास बैंक लिमिटेडले देशभर फैलिएर रहेका १०३ शाखाहरुबाट कोर बैकिङ्गका सेवाहरु मात्र नभई विभिन्न सामाजिक कार्यहरुलाई प्रभावकारी रुपले निरन्तर रुपमा सञ्चालन गर्दै आइरहेको छ ।

“सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २७ वर्ष देखि अनवरत रुपले गुणस्तरिय वित्तीय सेवा प्रदान गर्दै आएको छ ।

बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णली प्रदेशमा २ र सुदुरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखाहरु मार्फत करिब ६ लाख ग्राहकहरुलाई उच्चस्तरिय वित्तीय सेवाहरु सरलीकृत तवरले प्रदान गर्दै आईरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।