कुमारी बैंकको चुक्ता पूँजी ९ अर्ब ५५ करोड पुग्यो, दश प्रतिशत बोनस पारित

0
Shares

कुमारी बैंकको १९ औं वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७५/०७६ को नाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश पारित गरेको छ ।

बैंकले १० प्रतिशत बोनस शेयर तथा त्यसको कर प्रयोजनका लागि ०.५२६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको हो । बोनस पछि बैंकको चुक्ता पुँजी ९ अर्ब ५५ करोड रुपैयाँ पुग्ने छ ।

यसैगरि सभाले लेखापरीक्षकको प्रतिवेदन सहितको आ.व. २०७५/०७६ को आर्थिक विवरण, वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण, नाफा नोक्सान बाँडफाँड हिसाब, पूँजीमा भएको परिवर्तन लगायत वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गरेको छ।

आर्थिक वर्ष २०७५÷७६ को मसान्तसम्म बैंकले कुल निक्षेप ८४ अर्ब ४० करोड परिचालन तथा कुल कर्जा ७६ अर्ब ९८ करोड रुपैयाँ प्रवाह गरेको छ । गत आर्थिक बर्षमा १ अर्ब ७६ करोड संचालन मुनाफा गरेको बैंकले १ अर्ब २३ करोड रुपैयाँ खुद मुनाफा कमाएको छ ।

बैंकको १०७ शाखा संजाल, ९३ एटिएम, ३ एक्स्टेन्सन काउन्टरका साथै ८ वटा शाखारहित बैंकिङ्क इकाईमार्फत सेवा प्रदान गर्दै आएको छ ।