
बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले सर्वसाधारणमा प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) बिक्री गर्न अनुमति मागेको छ । कम्पनीले बैशाख १७ गते पूँजीबजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डसँगअनुमति माग गरेको हो ।
कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा र सर्वसाधारणका लागि प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा ७ करोड रूपैयाँ बराबरको ७ लाख कित्ता आईपीओ निष्कासन गर्न अनुमति माग्दै निवेदन पेश गरेको हो ।
कम्पनीको धितोपत्र निष्काशशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले धितोपत्र बोर्डबाट आईपीओ निष्काशन गर्न अनुमति पाएपछि पहिलो चरणमा स्थानीलाई र उक्त सेयर बाँडफाँडपछि दोेस्रो चरणमा आम सर्वसाधारणका लागि सेयर बिक्री गर्नेछ ।
इक्रा नेपाल लिमिटेडले बाराही हाइड्रोपावर पब्लिक लिमिटेडको आईपीओलाई ‘इक्राएनपी–आईआर बी माइनस निष्कासनकर्ता रेटिङ प्रदान गरेको छ । उक्त रेटिङ प्राप्त गर्ने निकायमा समयमा वित्तीय दायित्व पूरा गर्न चुक्ने सम्बन्धमा उच्च जोखिम रहेको मानिन्छ । उक्त रेटिङ निष्कासनकर्ताको सामान्य क्रेडिट विश्वसनीयतासम्बन्धी रायमात्र रहेको र यो कुनै खास ऋणपत्र विशेषको राय भने रहेको इक्राले स्पष्ट पारेको छ ।
रेटिङ पर्ग (इक्राएनपी–आईआर) एएदेखि (इक्राएनपी–आईआर) सीसम्मका रेटिङ संकेत पछाडि रहने प्लस (जोड) वा माइनस (घटाउ) चिह्नले सम्बन्धित रेटिङ वर्गभित्रको तुलनात्मक स्थितिलाई जनाउँदछ । यसको अर्थ (इक्राएनपी–आईआर) बी प्लसको स्थिति (इक्राएनपी–आईआर) बीभन्दा एक चिह्न माथि रहन्छ । जब कि (इक्राएनपी–आईआर) बी माइनसको स्थिति (इक्राएनपी–आईआर) बीभन्दा एक चिह्न तल रहन्छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया