अरुण तेस्रो जलविद्युत् आयोजनाको काम २५ प्रतिशत सम्पन्न

0
Shares

सङ्खुवासभाको मकालु गाउँपालिकामा निर्माणाधीन अरुण तेस्रो जलविद्युत् आयोजनाको काम २५ प्रतिशत सम्पन्न भएको छ । नौ सय मेगावाटको उक्त आयोजनाको काम निर्धारित समयमै सम्पन्न गर्न तीव्रता दिएको ऊर्जा मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले बताए ।

स्थलगत अनुगमनका लागि आएका उनले निर्धारित समयमा अरुणबाट बिजुली निस्कनेमा आशावादी भएको बताए । फ्याक्सिदामा सहायक सुरुङमार्गको काम सम्पन्न गरी मुख्य सुरुङको ७९० मिटर पु¥याइएको सतलज कम्पनीले जनाएको छ । एघार किलोमिटर रहेको सुरुङमार्ग आठ स्थानबाट खन्ने काम धमाधम चलिरहेको छ ।

वडा नं ५ मा रहेको ड्याम साइड फ्याक्सिदामा भारतीय निर्माण कम्पनी जयप्रकाश एशोसियटस् र पावर हाउस रहेको दिदिङमा पटेल इञ्जिनीयरिङ कम्पनीले काम गरिरहेको छ । अरुण तेस्रो आयोजनाले कामलाई गति दिन ३३ केभी प्रशारण लाइनको विद्युत् विस्तार तीव्र बनाएको छ ।