आठौं कारोबार दिनमा नेप्सेमा दोहोरो अंकको सुधार, बिक्री चाप घट्यो

0
Shares

निरन्तर ओरालो लागेको शेयर बजारमा आठौं काराबोर दिनपछि पछि दोहोरो अंकको सुधार आएको छ । सोमबार नेप्से १०.४२ अंकको बृद्धि भएर ११३५.५६ विन्दुमा पुगेको छ ।

यसअघि गत असोज २ गते विहीबार नेप्से दोहोरो अंकले बढेको थियो । सो दिन नेप्से २२ अंकले उकालो लागेका थियो । त्यसपछिका दिनमा निरन्तर घटेको नेप्से ४८ अंक बढीले ओरालो लागिसकेको थियो । यसबिचमा आठ कारोबार दिनमा गत असोज ५ गते एकदिन मत्रै १.७३ अंकले बढेको थियो।

शेयर लगानीकर्ताले शेयर बेचेर दशैं खर्च निकालेपछि विस्तारै बजारमा बिक्री चाप घट्न थालेको छ । जसले गर्दा बजारमा सुधार देखिएको हो।

यसदिन नेप्से सूचक १०.४२ अंकको बृद्धि भएर ११३५.५६ विन्दुमा उक्लिएको छ। १५७ कम्पनीका ६ लाख ३३ हजार कित्ता शेयर किनबेच भएको बजारमा १६ करोड ८८ लाख रुपैयाँमा कारोबार भयो। फेस्टिभ मुडले खरिद बिक्रीको चाप घट्दा कारोबार सामान्य रहन पुग्यो ।

सोमबारको बजारमा एघार समूहको कारोबारमा भएकोमा अन्य समूह बाहेक सबै उप समूहका सूचक बढेका छन्। अन्य १.०६ प्रतिशतले घटेको छ । जीवन बिमा समूह सबैभन्दा धेरै ७१.८६ अंकले माथि लागेको छ । वाणिज्य बैंक समूहको सूचक पनि ९.८१ अंकले बढेको छ ।

सोमबार सबैभन्दा बढि सनराइज बैकको शेयर कारोबार भयो। सनराइजको दुई करोड १३ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । कारोबार रकमका आधारमा दोस्रोमा रहेको प्रभु बैंकको एक करोड ३० लाख रुपैयाँ बराबरको शेयर किनबेच भयो ।

युनियन हाइड्रोपावरका शेयर मूल्य सबैभन्दा धेरै ५.८८ प्रतिशले बढेको बजारमा माउन्टेन हाइड्रोपावरको शेयर मूल्य सबैभन्दा धेरै ३.७० प्रतिशतले घटेको छ ।