हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्स मर्जर हुने भएका छन । बिहीबार दुई बीमा कम्पनी बीच मर्जर हुने सम्झौता भएको हो ।
समझादारीपत्र (एमओयू) पत्रमा हस्ताक्षर एभरेष्ट इन्स्योरेन्स कम्पनीका अध्यक्ष राजिव सापकोटा र हिमालयन जनरल इन्स्योरेन्स कम्पनीका अध्यक्ष महेन्द्रकृष्ण श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
बीमा क्षेत्रमा नै पहिलो पटक मर्जरमा जान लागे दुबै कम्पनीको वित्तीय अवस्था खासै फरक भने छैन । एक आपसमा गाभ्ने गाभिने प्रयोजनका लागि तय हुने स्वाप रेसियो भने ड्यू डेलिजेन्स अडिट (डीडीए) पछि मात्र निर्धारण हुने भएको छ ।
तत्कालका लागि मर्जर प्रक्रिया अघि बढाउने भनेर हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्स मर्जर सम्बन्धी प्रारम्भिक सम्झौता भएको एभरेष्ट इन्स्योरेन्सका ठूला लगानीकर्ता तथा व्यवसायी राजेन्द्र खेतानले बताए । “स्वाप रेसियो डीडीले ले जे भन्छ त्यही गर्ने सहमती भएको छ,” खेतानले भने,“डीडीएले ५० भनेको खण्डमा सोही कायम गर्ने गरी प्रारम्भिक प्रक्रिया सुरु भएको हो ।”
अब दुबै कम्पनीले धितोपत्र कारोबार रोक्का गरेर बीमा समीतीमा मर्जर प्रक्रियाको अनुमतीका लागि बीमा समीतीमा निवेदन दिन्छन । समीतीले स्विकृती दिएपछि दुवै कम्पनीको संयुक्त डीडीए नियुक्त हुन्छ । सोही डीडीएले कायम गरेको स्वाप जति भएपनि मान्ने गरी प्रक्रिया अघि बढेको खेतानको भनाई छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया