बिन्ध्यबासिनी हाइड्रोपावरको आईपीओ भर्ने आज अन्तिम दिन

0
Shares

बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) मा आवेदन दिन आज अन्तिम दिन रहेको छ ।

कम्पनीले पहिलो चरणमा लमजुङ्ग र कास्कीका स्थानीय बासिन्दालाई १० करोड मूल्यका १० लाख कित्ता सेयर विसं २०७९ बैशाख ११ गतेदेखि आईपीओ बिक्री खुला गरेको थियो ।

आईपीओमा आयोजना प्रभावित स्थानीय बासिन्दाहरुले आज २०७९ बैशाख २७ गते मंगलबार कार्यालय समयभित्र आवेदन दिन सक्नेछन् । स्थानीय बासिन्दाले आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

स्थानीयबासिले सानिमा बैंकको विरौटा तथा पोखरा शाखा, सिभिल बैंकको मालिङ्ग शाखा, कामना सेवा विकास बैंकको कास्की तथा बेसिशहर शाखा, पोखरा फाइनान्सको पोखरा तथा बेसिशहर शाखा र आयोजनाको कार्यस्थलबाट आवेदन दिन सकिनेछ । यसैगरी नेपाल धितोपत्र बोर्डबाट सी–आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट समेत आईपीओ भर्न सकिनेछ ।

कम्पनीले जारी पूँजी एक अर्ब रुपैयाँको १० प्रतिशतले हुन आउने १० लाख कित्ता सेयर स्थानीय बासिन्दाका लागि निष्कासन गरेको हो । जसमध्ये ७ लाख कित्ता सेयर आयोजनाको मुख्य संरचना क्षेत्र भित्र पर्ने लमजुङ्ग जिल्लाको क्व्होलासोथार गाउँपालिकाको वडा नम्बर ५, ६ र ७ तथा कास्की जिल्लाको मादी गाउँपालिकाको वडा नम्बर ८ र ९ का स्थानीय बासिन्दाहरुका लागि छुट्टाइएको छ ।

यस्तै बाँकी रहेको ३ लाख कित्ता सेयर लमजुङ्ग जिल्लाको आयोजनाको मुख्य संरचना जोडिएका क्व्होलासोथार गाउँपालिका तथा कास्की जिल्लाको मादी गाउँपालिकाका बाँकी सबै वडाहरुका स्थानिय बासिन्दाहरुका लागि निष्काशन हुनेछ ।

आईपीओ निष्कासनका लागि कम्पनीले गराएको साख मूल्याङ्कनमा रेटिङ एजेन्सी केयर नेपालले विन्ध्यवासिनीको आइपीओलाई ‘इस्यूअर रेटिङ डबल बी प्लस’ रेटिङ्ग दिएको छ । यो रेटिङ्ग प्राप्त संस्थाहरुमा दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड नक्साल रहेको छ । स्थानीयलाई सेययर बिक्री गरेपछि कम्पनीले दोस्रो चरणमा आम सर्वसाधारणलाई सेयर बिक्री गर्नेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: २७ बैशाख २०७९, मंगलबार  ०८ : ५९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।