बुटवल पावरको खस्कँदो प्रगति, नाफा ४८ प्रतिशत घट्यो

0
Shares

बुटवल पावर कम्पनी लिमिटेड (BPCL) को प्रगति विस्तारै खस्न थालेको छ । कम्पनीको खुद नाफा गत आवको यसै अवधिको तुलनामा ४८.२० प्रतिशतले घटेको हो ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा २३ करोड ७५ लाख ८२ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको यसै अवधिमा ४५ करोड ८६ लाख ५३ हजार रुपैयाँ कमाएको थियो ।

विद्युत बिक्री आम्दानी बढेपनि कम्पनीको अन्य आम्दानी सुकेका कारण नाफा घटेको हो । अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको विद्युत बिक्री आम्दानी १६.३७ प्रतिशत बढेर ५९ करोड ४८ लाख ३१ हजार रुपैयाँ पुगेको छ ।

कम्पनीको कुल नाफा ३२.६० प्रतिशत बढेर ३० करोड ४३ लाख २१ हजार रुपैयाँ रहेको छ । समीक्षा अवधिमा कम्पनीको सञ्चालन मुनाफा भने ४९.०६ प्रतिशत घटेर २४ करोड ६२ लाख ४० हजार कायम भएको छ ।

विद्युत बिक्री आम्दानी बढेपनि कम्पनीको अन्य आम्दानी ह्वात्तै घटेका कारण नाफा घट्न पुगेको हो । गत चैतमा ३४ करोड १५ लाख रुपैयाँ अन्य आम्दानी गरेकोमा यस्तो आम्दानी ९० प्रतिशत घटेर हाल ३ करोड ७५ लाखमा संकुचित बनेको छ ।

समीक्षा अवधिमा कम्पनीको चुक्ता पूँजी समीक्षा अवधिमा ९.९९ प्रतिशत बढेर ३ अर्ब २४ करोड ६३ लाख रुपैयाँ रहेको छ । यस्तै अन्य इक्वीटी ७.३४ प्रतिशत घटेर ३अर्ब ७० करोड ५८ लाख रुपैयाँ सञ्चित रहेको छ ।

समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी १०.९६ रुपैयाँ घटेर ९.७६ रुपैयाँमा झरेको छ । चैत मसान्तसम्ममा कम्पनीको प्रतिसेयर नेटवर्थ २१४.१५ रुपैयाँ र मूल्य आम्दानी अनुपात ३८.५२ गुणा छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २७ बैशाख २०७९, मंगलबार  १० : १० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।