धितोपत्र बोर्डको अध्यक्ष भएको व्यक्ति सूचिकृत कम्पनीमा सञ्चालक हुन नपाउने

0
Shares

धितोपत्र बोर्डको अध्यक्ष भएपछि बोर्डले अनुमती दिएका र धितोपत्र बजारमा सूचिकृत कम्पनीमा आजीवन सञ्चालक हुन नपाउने भएका छन । धितोपत्र बोर्डले धितोपत्र ऐन संशोधन २०६३ गर्दै आजीवन सञ्चालक हुन नपाउने व्यवस्था गरेको हो ।

बोर्डले धितोपत्र सम्बन्धी ऐन संशोधन गर्न नेपाल सरकार, अर्थ मन्त्रालय समक्ष पेश गरेको धितोपत्र सम्बन्धी ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसदमा पेश भएको छ ।

बोर्डले ऐन संशोधन गरी बोर्डको संचालक समितिलाई पुर्नसंरचना गरेको छ । त्यसैगरी केन्द्रिय निक्षेप सेवा तथा विशिष्टीकृत लगानी कोष संचालन गर्न थप व्यवस्था गरेको छ ।

सो शंसोधनमा लगानीकर्ताको हित तथा स्वार्थ संरक्षणको लागि ट्रष्टीको व्यवस्था गरिएको, धितोपत्र सम्बन्धी कसूर गरेमा सजायको व्यवस्थालाई समसामयिक बनाइएको बोर्डले जनाएको छ ।

त्यसैगरी संस्दमा पेस भएको मस्यौदामा बोर्डको अध्यक्ष भैइसकेको व्यक्ति अवकास जिवन भर र कार्यकारी निर्देशक तथा उप कार्यकारी निर्देशक अवकास प्राप्त भएको दुई बर्ष सम्म कुनै सूचीकृत संगठित संस्था तथा बोर्डबाट अनुमतिपत्र प्राप्त संस्थामा काम गर्न नपाउने आदि व्यवस्था रहेको छ ।