
अमेरिकी केन्द्रीय बैंक, फेडरल रिजर्भ (फेड) ले ०.५ प्रतिशतले औसत ब्याजदर वृद्धि गरेपछि विश्वभरका लगानीकर्ताहरु त्रसित बनेका छन् । मुद्रास्फीति नियन्त्रण गर्न फेडले चालेको आक्रामक कदमका कारण आर्थिक क्रियाकलाप कम हुने हुँदा आर्थिक मन्दीको सम्भावना बढेको हो ।
सम्भाव्य आर्थिक मन्दी, बढ्दो मुद्रास्फीति र फेड लगायतका केन्द्रीय बैंकहरुले बढाएको औसत ब्याजदरका कारण विशेषगरी विकासोन्मुख अर्थतन्त्रका लगानीकर्ताहरु अत्तालिएका छन् । आत्तिएका लगानीकर्ताहरुले सबै प्रकारका सेयरहरु बेचिरहेका छन् । ब्याजदर वृद्धि भएको समयमा पनि राम्रो प्रतिफल दिन सक्ने सेयरहरु पनि लगानीकर्ताहरुले ध्यान नै नगरी बेचिरहेका छन् ।
केन्द्रीय बैंकहरुले औसत ब्याजदर बढाएपछि पश्चिमा देशहरुमा दु्रत–विस्तारित सूचना–प्राविधिक कम्पनीहरुको महङ्गो सेयर भन्दा परिपक्व कम्पनी मध्येका धेरै लाभांश र सस्तो मूल्यका भ्यालु स्टकको खरिद बढेको छ । त्यसको विपरित विकासोन्मुख राष्ट्रमा दु्रत गतिमा प्रतिफल दिने सेयर र भ्यालु स्टक दुबैको खरिद घटेको छ ।
विकसित र विकासशील अर्थतन्त्रको सेयर बजारबीचको अन्तर पूरा गर्न र फेडले मुद्रास्फीति नियन्त्रणको लागि लिएका कदमको सशक्त सामना गर्न पाँच वर्ष भन्दा धेरै लाग्ने विश्लेषकहरुको भनाई रहेको छ । विश्वव्यापी रुपमै तरलता अभाव भएको समयमा लगानीकर्ताहरु नै सेयरबजार प्रति कम आकर्षित भएका छन् । सोही कारण यसअघिका वर्षमा फेडले बढाएको ब्याजदरको तुलनामा विकासोन्मुख राष्ट्रहरु वर्तमान समयमा फेडले बढाएको ब्याजदरबाट बढी प्रभावित हुने भएका छन् ।
डाटाट्रेक रिर्सचका सह–संस्थापक निक कोलास भन्छन्, “यी सबै गतिविधि नियाल्दा विकासशील अर्थतन्त्रले पुरानै सिद्धान्त र दर्शन दोहोराएका छन्, त्यो हो– जब सम्म विश्व अर्थतन्त्रमा फेडले कुनै कदम चाल्दैन तबसम्म उच्च प्रतिफल दिने सेयरको किनबेच गर्ने र नाफा कमाउने ।”
फेडले विभिन्न समयमा लिने नियन्त्रणात्मक कदमको सशक्त रुपमा प्रतिकार गरी अभावको समयमा पनि राम्रो मुनाफा सिर्जना गर्न सक्ने स्टक नै भ्यालु स्टक हो । परिपक्व कम्पनीहरुले लगानीकर्तालाई दिने उच्च लाभांशले नै ऋण लिई सेयर खरिद गर्ने लगानीकर्ताहरुलाई फेडले लिने नियन्त्रणात्मक निर्णयबाट बच्न सक्छन् । तर अहिले त्यसको विपरित भएको छ ।
विकासोन्मुख राष्ट्रहरुको भ्यालु स्टक सूचाङ्क एमएससीआईबाट प्राप्त तथ्याङ्क अनुसार गत तीन महिनामा १६ प्रतिशतले हलचल भएको छ भने ग्रोथ तथा भ्यालु स्टकको वृद्धिमा २० प्रतिशत कमी आएको छ । यसअघिको तथ्यांक हेर्दा भने अहिलेको ग्रोथ स्टकको अवस्था विपरित रहेको छ ।
सन् २००४ देखि २००७ सम्म फेडले गरेको नियन्त्रणात्मक निर्णयले ग्रोथ स्टक २१६ प्रतिशतले बढेको थियो । यसैगरी सन् २०१८ मा गरेको नियन्त्रणमा पनि ग्रोथ स्टक ६१ प्रतिशतले बढेको थियो । तर अहिलेको अवस्थाले लगानीकर्ताहरुमा रहेको अपरिपक्वता र सेयरबजार सम्बन्धी अज्ञानता पुष्टि गरेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया