काठमाडौँ । यो साता सेयर बजार परिसूचक (नेप्से) मा उच्च दबाब देखिएको छ । साताको पाँचै दिन कारोबार भएको बजारमा सबै दिन नेप्सेमा गिरावट आएको हो । जसले गर्दा साताभरिको कारोबारमा नेप्से ५२.६ अंकले घटेको हाे ।
अघिल्लो साताको अन्तिम कारोबार दिन शुक्रबार नेप्से १.६३ अंकले घटेर २७०२.११ विन्दुमा बन्द भएको थियो । यो साताको अन्त्यसम्म आइपुग्दा नेप्से २६४९.५१ विन्दुमा पुग्दा समग्रमा ५२.६ अंकको गिरावट आएको हो ।
यो साताको पहिलो कारोबार दिन अर्थात् सोमबार नेप्से परिसूचक नेप्से १.४६ अंकले घटेर २७००.६५ विन्दुमा कायम भएको थियो ।
सोमबार कारोबारमा आएका ३५३ कम्पनीका ८१ लाख ३८ हजार ४३३ कित्ता सेयरहरू ९० हजार ८६२ पटक किनबेच हुँदा ४ अर्ब ४४ करोड ६५ लाख २० हजार रुपैयाँको कारोबार भएको थियो ।
त्यसैगरी, मंगलबार नेप्से २६.१६ अंकले घटेर २६७४.४८ विन्दुमा कायम भएको थियो । उक्त दिन १ करोड ४० हजार १६४ कित्ता सेयर ७२ हजार ८५४ पटकको कारोबारामा ४ अर्ब ३६ करोड २१ लाख ९५ हजार रुपैयाँमा किनबेच भएको थियो ।
बुधबार नेप्से परिसूचक १४.४५ अंकले घटेर २६६०.०२ अंकमा झर्दा ३३८ कम्पनीका १ करोड ७ लाख ७७ हजार ५८२ कित्ता सेयर ७२ हजार ९१७ पटकमा ४ अर्ब ४१ करोड ८६ लाख ७ हजार रुपैयाँमा कारोबार भएको थियो ।
बिहीबार नेप्से परिसूचक ८.५० अंकले घटेर २६५१.५२ अंकमा झरेको थियो । उक्त दिन ३३८ कम्पनीका ६४ लाख ८० हजार ५९९ कित्ता सेयर ४६ हजार ७५१ पटकमा २ अर्ब ८३ करोड ८२ लाख ७९ हजार रुपैयाँ कारोबार भएको थियो ।
साताको अन्तिम कारोबार दिन शुक्रबार नेप्से परिसूचक २.०० अंकले घटेर २६४९.५१ अंकमा झरेर यो साताको लागि कारोबार बन्द भएको हो । शुक्रबार ३५९ कम्पनीको ७७ लाख २७ हजार ६५९ कित्ता सेयर ३९ हजार ५४६ पटकमा ३ अर्ब ९४ करोड ५८ लाख ४ हजार रुपैयाँ कारोबार भएको थियो ।
नेपाल स्टक एक्सचेन्जका अनुसार यो साता टक्सार पिखुवा खोला हाइड्रोपावर र यम्बालिङ हाइड्रोपावरका लगानीकर्ताले धेरै कमाएका छन् । यता, भुजुङ हाइड्रोपावर, बुङगल हाइड्रो, एपोलो हाइड्रोपावर र सोपान फर्मास्युटिकल्स लगायतका कम्पनीका लगानीकर्ताले भने गुमाएका छन् ।
कारोबारका आधारमा यो साता सबैभन्दा धेरै कारोबार गर्ने कम्पनीहरुमा आँखु खोला जलविद्युत् कम्पनी शीर्ष स्थानमा छ । त्यस्तै, सोपान फर्मास्युटिकल्स, सप्तकोशी डेभलपमेन्ट बैंक, यूनाइटेड मोदी हाइड्रोपावर, रिलायन्स स्पिनिङ मिल्स लगायतका कम्पनीहरु रहेका छन् ।










प्रतिक्रिया