काठमाडौँ । बिहीबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको छ । आज एकैदिन सुन तोला ५ हजार २०० रुपैयाँले सस्तिएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन प्रतितोला २ लाख ७८ हजार ३०० रुपैेयाँ कायम भएको छ । बुधबार सुन प्रतितोला २ लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, बिहीबार चाँदी तोलामा २५० रुपैयाँले घटेसँगै प्रतितोला ४ हजार २३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । बुधबार चाँदी प्रतितोला ४ हजार ४८५ रुपैयाँमा कारोबार भएको थियो ।
नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।
बिहीबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३ हजार ९९६.६६ अमेरिकी डलर र चाँदी ५७.६ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।










प्रतिक्रिया