नेप्सेमा १ करोड १६ लाख ३८ हजार कित्ता बोनस शेयर सूचीकृत

0
Shares

नेप्सेमा २ कम्पनीको १ करोड १६ लाख ३८ हजार ५३५.२२ कित्ता बोनस शेयर सूचीकृत भएको छ ।

मंगलबार एनसीसी बैंकको १ करोड ११ लाख ५२ हजार ५३५.२२ (१५.८९%) र आइएमई जनरल इन्सुरेन्सको ४ लाख ८६ हजार (५%) बोनस सूचीकृत भएको हो ।

एनसीसी बैंकले आर्थिक वर्ष २०७४/७५ को नाफाबाट १५.८९ प्रतिशत बोनस वितरण गरेको थियो । सोही बोनस शेयर मंगलबार नेप्सेमा सूचीकृत भएको हो । यसैगरी, आइएमई जनरल इन्सुरेन्सले पनि आर्थिक वर्ष २०७४/७५ को नाफाबाट ५ प्रतिशत बोनस सेयर वितरण गरेको थियो ।