बैंक अफ काठमाण्डूको १७ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

0
Shares

बैंक अफ काठमाण्डूले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्ताव गरेको १७ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ।

प्रस्तावित लाभांश पारित गर्न बैंकले असोज ३० गते बिहीबार बिहान १० बजे एलिस रिसेप्सन्स गैरीधारा काठमाडौंमा २५ औं वार्षिक साधारण सभा आह्वान गरेको छ । साधारण सभा प्रयोजनका लागि असोज १६ गतेदेखि असोज ३० गतेसम्मका लागि शेयर दाखिला खारेज दर्ता बन्द (बुकक्लोज) गर्ने भएकाले असोज १५ गतेसम्म कायम शेयरधनीले मात्रै उक्त लाभांश प्राप्त गर्नेछन्। 

बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई ६ प्रतिशत बोनस र कर सहित ११ प्रतिशत नगद गरी कूल १७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियो।

सभाले आर्थिक वर्ष २०७५/७६ को सञ्चालक समितिको प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव पनि पािरत गर्नेछ । यस्तै, आर्थिक वर्ष २०७६–७७ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ ।

हाल बैंक अफ काठमान्डूको चुक्ता पुँजी ८ अर्ब ६ करोड ३१ लाख १ हजार रुपैयाँ रहेको छ । ६५ बोनस वितरणपछि चुक्ता पुँजी ८ अर्ब ५४ करोड ६८ लाख ८७ हजार ६० रुपैयाँ पुग्नेछ ।

गत आर्थिक बर्षको अन्त्यसम्म बैंक अफ काठमान्डूले १ अर्ब ९३ करोड ८२ लाख १९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यसको प्रतिशेयर आम्दानी २४ रुपैयाँ ०४ पैसा (वार्षिक) र प्रतिसेयर नेटवर्थ १७३ रुपैयाँ ७२ पैसा छ ।