शिखर इन्स्योरेन्सको खुद नाफा साढे ५१% बढ्यो, २ अर्ब ७१ करोड दाबी भुक्तानी गर्न बाँकी

0
Shares

शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड (SICL) को खुद नाफा ५१.६७ प्रतिशतले बढेको छ ।

चालु आर्थिक वर्ष २०७८।७९ को तेस्रो त्रैमाससम्ममा ३६ करोड ७० लाख ८२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको यसै अवधिमा इन्स्योरेन्सले २४ करोड २० लाख ३२ हजार रुपैयाँ मात्रै खुद नाफा कमाएको थियो ।

चैत मसान्तसम्ममा कम्पनीको चुक्ता पूँजी १ अर्ब ७५ करोड रुपैयाँ, जगेडा कोषमा ७५ करोड ५५ लाख ८७ हजार रुपैयाँ, बीमा कोषमा १ अर्ब ४७ करोड ८७ लाख २० हजार रुपैयाँ र महाविपत्ती कोषमा १२ करोड ३३ लाख ८२ हजार रुपैयाँ सञ्चित रहेको छ ।

समीक्षा अवधिमा जगेडा कोष २२.३३ प्रतिशत, बीमा कोष १९.३५ प्रतिशतले बढेको छ भने महाविपत्ती कोष ६.८० प्रतिशतले घटेको छ ।

चैत मसान्तसम्मा कम्पनीले १ अर्ब १३ करोड १० लाख २३ हजार रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ । गत आवको यसै अवधिमा १ अर्ब ८ करोड २४ लाख ८६ हजार रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको कम्पनीको खुद बीमाशुल्क ४.४८ प्रतिशतले बढेको हो ।

चैत मसान्तसम्ममा इन्स्योरेन्सले लगानी कर्जा तथा अन्य आयबाट १२ करोड ६७ लाख ८६ हजार रुपैयाँ, पुनर्बीमा कमिशन वापत ४९ करोड ८० लाख ४४ हजार रुपैयाँ आम्दानी गरेको छ । समीक्षा अवधिमा लगानी कर्जा तथा अन्य आय ५.०९ प्रतिशतले घटेको छ भने पुनर्बीमा कमिशन आय ७.१३ प्रतिशतले बढेको छ ।

चैत मसान्तसम्ममा कम्पनीको खुद दाबी भुक्तानी रकम २१ प्रतिशतले घटेको छ । यसअवधिमा कम्पनीले १ अर्ब ३६ करोड ९३ लाख ३३ हजार रुपैयाँ कुल दाबी भुक्तानी गरेको छ । गत आवको यसै अवधिमा कम्पनीले १ अर्ब ७३ करोड १४ लाख ५३ हजार रुपैयाँ कुल दाबी भुक्तानी गरेको थियो ।

कम्पनीले एक लाख ९० हजार ७९९ वटाबीमालेख जारी गरेको छ । यो अघिल्लो आवको यसै अवधिको तुलनामा २१ हजार १९७ वटाले कम हो । कम्पनीको कुल बीमाशुल्क संकलन पनि २२.२८ प्रतिशत बढेर ३ अर्ब ६२ करोड ६५ लाख ७० हजार रुपैयाँ पुगेको छ ।

अब कम्पनीले १६ हजार ३२२ वटा दाबी मार्फत परेको २ अर्ब ७१ करोड ६३ लाख ३१ हजार रुपैयाँ भुक्तानी गर्न बाँकी छ । गत आवको यसै अवधिमा कम्पनीले ९ हजार २८६ वटा दाबी मार्फत परेको १ अर्ब ४२ करोड ७० लाख ४३ हजार रुपैयाँ भुक्तानी गर्न बाँकी थियो ।

चैत मसान्तसम्म आइपुग्दा कम्पनीको प्रतिसेयर आम्दानी ०.२९ रुपैयाँ बढेर २८.२२ रुपैयाँ पुगेको छ । यस्तै कम्पनीको प्रतिसेयर नेटवर्थ २५५.९५ रुपैयाँ र मूल्य आम्दानी अनुपात ४१.४६ गुणा छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।