प्रि-ओपनिङ्गमा कारोबारमा आएका सबै कम्पनीको सेयरमूल्य घट्यो

0
Shares

यो साताको दोस्रो कारोबार दिन बुधबार प्रि-ओपनिङ्गमा कारोबारमा आएका सबै कम्पनीको सेयरमूल्य घटेको छ ।

साढे दश देखि पौने ११ बजेसम्म खुला रहने प्रि ओपनिङ्ग सेसनमा कारोबारमा आएका २ वटै कम्पनीको सेयरमूल्य घटेको हो । सबैकाे लघुवित्त र सुर्योदय वोमी लघुवित्त दुबैको सेयरमूल्यमा गिरावट आएको छ । दुबै कम्पनीको सेयरको भाउ २ प्रतिशतले ओरालो लागेको छ ।

यस अवधिमा २ कम्पनी १५० कित्ता सेयर १ लाख ७० हजार ३७९ रुपैयाँमा खरीद बिक्री भएका छन् ।

बुधबार प्रि-ओपनिङ्ग सेसनमा नेप्से २.५३ अंकले घटेको छ । नेप्से घटेसँगै सूचक २ हजार २६२ दशमलव ९९ बिन्दुमा झरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ४ जेष्ठ २०७९, बुधबार  १० : ५४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।