यूनाइटेड इन्स्योरेन्सले जेठ २३ गते डाक्यो साधारण सभा, के-के छन् एजेण्डा ?

0
Shares

यूनाइटेड इन्स्योरेन्स कम्पनी लिमिटेडले मर्जरको विशेष प्रस्तावसहित जेठ २३ गते २८ औं वार्षिक साधारण सभा डाकेको छ ।

गत आर्थिक वर्ष २०७७/७८ बाट सेयरधनीलाई लाभांश वितरणको प्रस्ताव कुनैपनि प्रस्ताव नगरेको कम्पनीले मर्जरको विशेष प्रस्ताव सहित एजिएम बोलाएको हो ।

कम्पनीको सञ्चालक समितिको ३६७ औं बैठकले जेठ २३ गते अनमोल व्याङकेट शंखमुल काठमाडौंमा बिहान ११ बजे २८ औं वार्षिक साधारण सभा आह्वान गर्न निर्णय गरेको छ ।

सभाले यूनाइटेड इन्स्योरेन्स र अन्य कुनै निर्जीवन बीमा कम्पनीसँग एक आपसमा गाभ्ने/गाभिने तथा प्राप्ति गर्ने सम्बिन्ध निर्णय गर्न तथा सो सम्बन्धि समझदारी पत्रमा हस्ताक्षर गर्ने विशेष प्रस्ताव पारित गर्ने भएको छ ।

बीमा समितिको निर्देशनअनुसार निर्जीवन बीमा कम्पनीहरुले २ अर्ब ५० करोड रूपैयाँ चुक्ता पूँजी पुर्याउनुपर्ने हुन्छ । सोही प्रयोजनका लागि कम्पनीले मर्जरको बाटो खुला गर्ने भएको हो ।

जसका लागि कम्पनीले चल अचल सम्पत्ति र दायित्व मूल्याङ्कन (डिडिए) गर्न मा्नयता प्राप्त मूल्याङ्कनकर्ता नियुक्त गर्न, निजको पारिश्रमिक तोक्न लगायतका मर्जर सम्बन्धी सम्पूर्ण अन्य आवश्यक प्रक्रिया पूरा गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव रहेको छ ।

साधारण सभाले सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ६ जना सञ्चालन चयन गर्नेछ । समितिमा संस्थापक सेयरधनी समुहबाट प्रतिनिधित्व गर्ने ४ जना सञ्चालकहरु र सर्वसाधारण समूहबाट २ जना गरी ६ सञ्चालकको निर्वाचन गर्नेछ ।

सभाले आर्थिक वर्ष २०७७।७८ को वार्षिक प्रतिवेदन पारित गर्ने, लेखापरिक्षणको प्रतिवेदन सहित आर्थिक वर्ष २०७७।७८ को वासलात, नाफा नोक्सान, हिसाब नगद प्रवाह विवरणसहितका अनुसूचीहरु पारित गर्नेछ । यस्तै सभाले साधारण सभाले चालु आव २०७८।८९ को लेखापरीक्षण गर्नका लागि बाह्य लेखापरीक्षक नियुक्ती गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्नेछ ।

साधारण सभा प्रयोजनको लागि कम्पनीले जेठ ९ गते सोमबार १ दिनका लागि सेयरधनी दर्ता पुस्तिका बन्द (बुकक्लोज) गर्ने निर्णय गरेको छ । यसअनुसार बुकक्लोजको अघिल्लो कारोबारदिनसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहने सेयरधनीहरुलेमात्र उक्त सभामा प्रतिनिधित्व जनाउन सक्नेछन् ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।