एपेक्स मल्टिपलेक्सले ग्लोबल आईएमई क्यापिटलबाट ‘बिजनेश कन्सेप्ट टू लिस्टिङ्ग’ सेवा लिने

3
Shares

ग्लोबल आइएमई क्यापिटल लिमिटेडले संस्थागत परामर्श (कर्पोरेट एडभाइजरी) सेवा अन्तर्गत ‘बिजनेश कन्सेप्ट टू लिस्टिङ्ग’ सेवा सुरु गरेको छ । यसअन्तर्गत एपेक्स मल्टिपलेक्स प्राइभेट लिमिटेडले ग्लोबल आइएमई क्यापिटलबाट ‘बिजनेश कन्सेप्ट टू लिस्टिङ्ग’ सेवा लिने भएको हो ।

उक्त सेवा अन्तर्गत एपेक्स मल्टिपलेक्स प्रालिले आफ्नो व्यवसायलाई विस्तार गरी सर्वसाधारणको समेत सहभागि गराउने हेतुले कम्पनी र ग्लोबल आइएमई क्यापिटल बीच बिजनेश कन्सेप्ट टू लिस्टिङ्ग नामक सेवा उपलब्ध गराउने सम्बन्धमा दुबै पक्षबीच जेठ १ गते सम्झौता सम्पन्न भएको हो ।

क्यापिटलले उक्त एपेक्स मल्टिपलेक्स प्रालिलाई निकट भविष्यमा सर्वसाधारणमा सेयर निष्काशन गर्न सक्ने गरी सम्पूर्ण सेवा उपलब्ध गराउनेछ । ग्लोबल आईएमई क्यापिटलले ‘बिजनेश कन्सेप्ट टू लिस्टिङ्ग’ सेवा अन्तर्गत कुनै पनि कम्पनीलाई स्थापनादेखि आईपीओ जारी गरी लिस्टिङ्ग सम्बन्धी कार्यलाई एकिकृत रुपमा सम्पूर्ण सेवा उपलब्ध गराउने जनाएको छ ।

एपेक्स मल्टिप्लेक्स विलासिता, सुविधा र भोगको संयोजन गर्दै अद्वितीय र गुणस्तरीय जीवनशैली प्रदान गर्नका लागि प्रख्यात छ। कम्पनीले आफ्नो स्थापनादेखि नै लक्जरी अपार्टमेन्टहरू, विशेष वास्तुकलाका रूपमा डिजाइन गरिएका घरहरू, र अन्य ठूल्ठूला निर्माण गतिविधिहरू प्रदान गर्ने गरेको छ।

ग्लोबल आईएमई क्यापिटलल ‘बिजनेश कन्सेप्ट टू लिस्टिङ्ग’ सेवा अन्तर्गत उद्यमशीलता विकासका लागि व्यक्तिगत तथा संस्थागत व्यवसायिक अवधारणा (बिजनेश कन्सेप्ट) लाई नेपाली व्यवसायिक वातावरणमा स्थापित गराउने योजना सहित संस्थागत परामर्श, लगानी प्रवद्र्धन तथा कारोवारको दायरा विस्तारसँग सम्बन्धित कार्यहरु अगाडि बढाउनेछ भने निकट भविष्यमा प्राइभेट इक्वीटी भेञ्चर क्यापिटल सम्बन्धी कार्यहरु गर्ने योजना रहेको छ ।

साथै पब्लिक कम्पनीमा परिणत गरिदिने, पब्लिक कम्पनीमा परिणत गर्दाको बखत नियामकीय व्यवस्था अन्तर्गत प्रबन्धपत्र, नियमावली लगायत अन्य कागजातहरु तयार गर्ने तथा व्यवसायिक लगानीकर्ता खोज्न सघाउ पुर्याउने कार्यहरु गरिने क्यापिटलले जानकारी दिएको छ ।

त्यसैगरी क्यापिटलले ‘बिजनेश कन्सेप्ट टू लिस्टिङ्ग’ सेवा अन्तर्गत व्यवसायिक अवधारणालाई वास्तविकतामा परिणत गर्न आवश्यक पर्ने संस्थागत परामर्श सेवा लगायतका सम्पूर्ण कार्यहरूमा मर्चेन्ट बैंकरको रुपमा सघाउ पुर्याउन सहकार्य गर्नेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  । 

प्रकाशित मिति: ४ जेष्ठ २०७९, बुधबार  १९ : ०४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।