‘आत्मनिर्भर केन्द्रित बजेट निर्माण गर्नुपर्छ’: सांसदहरू

0
Shares

राष्ट्रिय सभा सांसदहरूले आव २०७९/८० को बजेट मुलुक आत्मनिर्भर बनाउनेतर्फ केन्द्रित गर्न सरकारलाई सुझाव दिएका छन् ।

राष्ट्रिय सभाको आजको बैठकमा उनीहरुले मुलुकको कृषि र पर्यटन लागातयका क्षेत्रमा लगानी बढाउने र आत्मनिर्भरतातर्फ केन्द्रित हुने गरी बजेट विनियोजन हुनुपर्नेमा जोड दिए ।

नेकपा (एमाले) का सांसद खिमलाल भट्टराईले सरकारसँग सही योजना भएको खण्डमा मात्रै प्रतिपक्ष दल राष्ट्रिय सहमति गर्न तयार रहेको बताए । उनले भने, “नागरिकता सम्बन्धी कानुन देशभरि समस्या छ, आमाको नामबाट नागरिकता दिने सवालमा समास्या छ, आजको राजनीतिलाई विकास र समृद्धिमा परिवर्तन गर्नुपर्छ, राजनीतिको कर्मको कारण बालेन्द्र शाहहरू स्थापित हुने अवस्था आएको छ ।”

नेकपा (एकीकृत समाजवाद) पार्टीका सांसद डा वेदुराम भुसालले आवश्यकतानुसार आर्थिक, सामाजिक र सांस्कृतिक विकास र सामाजिक रुपान्तरणसँगै मुलुकको विकासतर्फ अभियान सञ्चालन गर्नुपर्ने बताए ।

जनता समाजवादी पार्टी नेपालका सांसद प्रमिला कुमारीले राज्यका हरेक संरचनामा सीमान्तकृत समुदायको समान सहभागिता हुने गरी कानुन निर्माण गर्नुपर्नेमा जोड दिए । कम्तीमा ६० प्रतिशत बजेट स्थानीय तहमा खर्च हुने गरी बजेट विनियोजन गर्नुपर्ने उनको भनाइ छ ।

राष्ट्रिय जनमोर्चाका सांसद तुलप्रसाद विश्वकर्माले मुलुकमा व्याप्त जातीय भेदभाव तथा छुवाछूत अन्त्य गर्दै संविधानको मर्मअनुरुप दलितमुखी कानुन निर्माण गर्नुपर्ने बताए ।

आजको बैठकमा आव २०७९/८० का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) सभामा छलफल हुनेछ । अर्थमन्त्री जनार्दन शर्माले छलफलमा उठेका प्रश्नको जवाफ दिनेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  । 

प्रकाशित मिति: ५ जेष्ठ २०७९, बिहिबार  १६ : ४९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।