प्रि-ओपनिङ्ग हरियाली, नेप्से ६ अंकले बढ्यो

0
Shares

साताको पहिलो कारोबार दिन सोमबार प्रि ओपनिङ्ग सेसनमा नेप्से ६.१७ अंकले बढेर हरियाली छाएको छ ।

साढे दश देखि पौने एघार बजेसम्मको पन्ध्र मिनेट अवधिमा कारोबारमा आएका ७ कम्पनी मध्ये ४ कम्पनीको भाउ बढेसँगै नेप्सेमा हरियाली छाएको हो ।

यस अवधिमा ७ कम्पनी ३२१ कित्ता सेयर १ लाख ६० हजार ४७९ रुपैयाँमा खरीद बिक्री भएका छन् ।

नेप्सेका अनुसार प्रि ओपनिङ्ग सेसनमा आज ७ कम्पनीको सेयर कारोबार भएको छ । जसमध्ये ४ कम्पनीको सेयरमूल्य बढेको छ भने कुनै पनि कम्पनीको सेयरमूल्य घटेको छैन । ३ कम्पनीको मूल्य स्थीर रहेको छ ।

यस अवधिमा मुक्तिनाथ विकास बैंक, कुमारी बैंक, लक्ष्मी बैंक र स्ट्याण्डर्ड चार्टड बैंकको सेयरमूल्य बढेको छ । यस्तै निफ्रा, राष्ट्र उत्थान लघुवित्त र नबिल बैंकको सेयरमूल्य स्थीर रहेको छ ।

नेप्से अंकले बढेसँगै सूचक २ हजार २४१ दशमलव २६ बिन्दुमा पुगेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ९ जेष्ठ २०७९, सोमबार  १० : ४७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।