रिभर फल्सको आईपीओमा ५३ हजार ८०२ वटा आवेदन रद्द, १६ लाख ५ हजार जनाले सेयर प्राप्त गर्न सकेनन्

0
Shares

रिभर फल्स पावर लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) मा ५३ हजार ८०२ वटा आवेदन रद्द भएको छ । विभिन्न कारणबाट सो संख्यामा सेयर रद्द भएको हो ।

धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका २०७४ अनुसार जेठ ९ गते सोमबार सम्पन्न भएको आईपीओ बाँडफाँडमा विभिन्न कारणबाट १६ लाख ५ हजार ३५२ जनाले सेयर प्राप्त गर्न सकेनन् ।

आवेदन गरेका कुल १८ लाख ५९ हजार २४२ वटा आवेदनहरुबाट २ करोड १३ हजार ९४ हजार ६३० कित्ताको लागि जम्मा आवेदन परेको थियो । जसमध्ये सि–आश्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट विभिन्न कारणबाट ४९ हजार ९८३ जना आवेदकहरुबाट ११ लाख ५१ हजार १२० कित्ता सेयरलाई परेको आवेदन रद्ध भएको हो । यस्तै दोहोरो आवेदनबाट परेको १ हजार ७०९ जना आवेदकहरुबाट प्राप्त १९ हजार ५०० कित्ता र स्थानीयबासीहरुले सर्वसाधारण सेयरमा २ हजार ११० जना आवेदकहरुबाट प्राप्त भएको २८ हजार १०० कित्ताको आवेदन पनि रद्द भएको हो ।

आईपीओमा आवेदन गरेकामध्ये कुल १८ लाख ९ हजार ४४० जना आवेदकलाई बाँडफाँडमा सहभागि गराइएको थियो । आवेदन गरेकामध्ये सि–आश्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु बाहेक नै ३ हजार ८१९ जना आवेदन रद्द भएको बिक्री प्रबन्धक क्यापिटलले जनाएको छ ।

रिभर फल्स पावर लिमिटेडको निष्काशन गरिएको कूल सेयर २७ लाख ३० हजार कित्ता साधारण सेयर मध्ये सामुहिक लगानी कोषलाई ५ प्रतिशत बराबर १ लाख ३६ हजार ५०० कित्ता तथा कर्मचारीहरुलाई २ प्रतिशत बराबर ५४ हजार ६०० कित्ता छुट्याई बाँकी रहेको २५ लाख ३८ हजार ९०० कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन गरिएकोमा निष्काशन गरेको थियो । सो आईपीओमा करिब ८.४२ गुणासम्म आवेदन परेपछि धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका, २०७४ को निर्देशन ३० को ४ अनुसारले बाँडफाँड सम्पन्न गरिएको छ ।

रिभर फल्स पावर लिमिटेड प्राथमिक सेयरको निष्काशनमा आवेदन दिनेमध्ये १८ लाख ९ हजार २५९ जना आवेदकहरुबाट प्राप्त २ करोड २ लाख ४३ हजार ५१० कित्ता सेयर सदर भएको थियो । सोमध्येबाट सर्वसाधारण र स्थानीय बासिन्दाबाट प्राप्त (३ हजार ८१९ जना आवेदहरुबाट प्राप्त ४७ हजार ६०० कित्ता सेयर) दोहोरो आवेदन रद्द गरी १८ लाख ५ हजार ४४० जना आवेदकहरु मार्फत प्राप्त जम्मा २ करोड १ लाख ९५ हजार ९१० कित्ता सेयरलाई बाँडफाँडमा सहभागि गराइएको थियो ।

रिभर फल्स पावर लिमिटेडको निष्काशन गरिएको कूल सेयर २७ लाख ३० हजार कित्ता साधारण सेयर मध्ये सामुहिक लगानी कोषलाई ५ प्रतिशत बराबर १ लाख ३६ हजार ५०० कित्ता तथा कर्मचारीहरुलाई २ प्रतिशत बराबर ५४ हजार ६०० कित्ता छुट्याई बाँकी रहेको २५ लाख ३८ हजार ९०० कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन गरिएकोमा निष्काशन रकमकोे करिब ८.४२ गुणा सम्म आवेदन परेपछि धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका, २०७४ को निर्देशन ३० को ४ अनुसारले बाँडफाँड सम्पन्न गरिएको छ ।

आईपीओ कुल १८ लाख ५९ हजार २४२ वटा आवेदनहरुबाट २ करोड १३ हजार ९४ हजार ६३० कित्ताको लागि जम्मा आवेदन परेको थियो । आईपीओमा आवेदन गरेकामध्ये कुल १८ लाख ९ हजार ४४० जना आवेदकलाई बाँडफाँडका लागि योग्य भएका थिए । आवेदन गरेकामध्ये ३ हजार ८१९ जना आवेदन रद्द भएको क्यापिटलले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  । 

प्रकाशित मिति: ९ जेष्ठ २०७९, सोमबार  १९ : २४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।